‘सुन्दरी प्रतियोगिता’ भित्र लुकेको कुरूप अनुहार
सुन्दरी प्रतियोगिताको भित्री तहमा सम्पूर्ण साम्राज्यवादी–पूँजीवादी आर्थिक प्रणाली क्रियाशील रहेको हुन्छ । पूँजीपतिहरूले उत्पादन गरेका सामग्री बढी भन्दा बढी बिक्री गर्नका लागि बजार र बजार विस्तारको आवश्यकता हुन्छ, बजार विस्तारका लागि विज्ञापन गर्नुपर्ने हुन्छ र विज्ञापनका लागि मोडेलको आवश्यकता पर्छ । सुन्दरी प्रतियोगिताको वास्तविक उद्देश्य यही मोडेल उत्पादन गर्नु मात्र हो ।