११ जेठ २०७९, बुधबार - May 25, 2022 Wednesday
एजेन्डा

रुकुम नरसंहार र जातव्यवस्था विरुद्धको प्रतिरोध

नेपाली समाजमा रहेका वर्गीय, जातीय, लैङ्गिक र सबै किसिमका विभेदको अन्त्य गर्दै आमूल परिवर्तन गर्ने उद्देश्य बोकेको माओवादी जनयुद्धको उद्गम थलोमा नै यस्तो बर्बरतापूर्ण नरसंहार हुनु र सोही पार्टीको नेतृत्व सत्तामा पुगेपछि अत्याचारी जातव्यवस्थाकै रक्षार्थ उभिनु खेदजनक छ।

बालेनः बेथितिको अभिव्यक्ति

पार्टीहरूले आफू खुसी खल्तीबाट सुटुक्क निकालेर उम्मेदवार दिँदैमा मतदातालाई त्यो मन्जुर छैन । अघिल्लो चुनावमै देखिएको संकेतलाई यस पटकसमेत दलहरूले नमान्दा देखिएको परिणाम हो यो । त्यसैले मतदाता झनै आक्रोशित भए । बालेनले जितेपछि मात्र अरुले हारे भन्ने अवस्था रहेन । यसबाट ठूला पार्टीहरूले सिक्नु पर्नेछ । अहिले सामान्य पहिरो आएको हो, दलहरू सिक्न तयार नहुने हो भने भविष्यमा कुनै पनि बेला गम्भीर पहिरो जान सक्छ ।

के दलहरू महिला नेतृत्व रुचाउँदैनन् ?

पितृसत्तात्मक सामाजिक व्यवस्थाले शक्तिहीन तुल्याएका महिलालाई राज्यका सबै निकायमा पुर्‍याउन स्थानीय तहका संरचनामा पनि महिला अनिवार्य हुनुपर्ने अवधारणा राजनीतिक दलहरूले नै अघि सारेका थिए । तर, उनीहरू नै त्यसबाट पछि हट्दै गएका छन् ।

बलात्कारको विभिषिकामाथि एक हुँकार

ती सबै विनम्र, मिलनसार, सहयोगी, न्यायप्रेमी तथा कठोर र जल्लाद पुरुषहरूप्रति मेरो प्रश्न छ- तपाईं कस्तो समाज चाहनुहुन्छ ? के तपाईंहरू एक-एक महिलाको बलात्कार गरेर आफ्नो विजयको पताका फहराउने समाज चाहनुहुन्छ ? वा आफ्ना छोरी, चेली र आमाहरूले उन्मुक्त सास फेर्दै गरेको समाज चाहनुहुन्छ ? निर्णय तपाईंहरूको हातमा छ किनभने अपवादबाहेक सबै बलात्कारी पुरुष हुन् ।

‘पिर’ मा छताछुल्ल यौनिक बुझाइ

ब्राम्‍हणवादी सत्ताको मूल सिद्धान्त भनेकै पवित्रता हो । यो पवित्रताले ब्राम्‍हणवादी समाजका सदस्यको जीवनका सबै आयामलाई नापजोख गरेर नियमन गर्छ । अर्थात् विवाह, यौनिकता, पेसा, खान्की, कला-संगीत, हिँडाइ, बसाइलगायतका सबै अवयवमा पवित्रता आन्तरीकृत हुन्छ । यही पवित्रताले पुरुष एवं महिलाको यौनिकतालाई नियन्त्रण गर्छ, जहाँ पवित्रताको कठोर नियमन महिलामाथि मात्रै लागू गरिन्छ ।

कोरोनाकालीन राज्यको ऐनामा डोल्पोपाको अनुहार

जात र जातिको असमान सम्बन्धका कारण सहरमा बहुआयामिक समस्याले जन्म लिन्छ भन्‍ने निष्कर्ष सोनामले भोगेका भोगाइबाट थाहा हुन्छ । साथै, पुँजीवादी संरचनाले आदिवासी जनजाति महिलामध्ये खासगरी हिमाली समुदायका महिलालाई कसरी बहिष्‍करणमा पारेर शोषण गर्दोरहेछ भन्‍ने यसले थप उजागर गर्छ । यसबाट के बुझ्‍न सकिन्छ भने ब्राह्मणवादी राज्यसत्ताले कोरोनाकालमा हिमाली महिला र उनीहरूको स्वास्थ्यमा थप हिंसा थोपरेको छ । सरसर्ती हेर्दा कोरोनाकालमा विगतको तुलनामा सामाजिक, राजनीतिक तथा आर्थिक खाडलहरू झनै बढेको देखिन्छ ।

युक्रेनमा देखिएको पश्‍चिमा मिडियाको नस्लवाद

अन्यत्र मरेका मानिसलाई अंक ठान्‍ने तर अमेरिका–युरोपमा मरेका गोरालाई येशुका सन्तान ठान्ने पश्चिमा मिडियाको यो रोग सत्ता, शक्ति र नस्लवादी सोचको पराकाष्ठा हो । यसमा उनीहरूको दोहोरो चरित्रको सबैभन्दा विद्रुप अनुहार देखिन्छ । तर, ‘लोकतन्त्र’, ‘मानवअधिकार’ र ‘वाक स्वतन्त्रता’ जस्ता शब्दले उनीहरूको यो विद्रुप नरसंहारकारी अनुहारलाई यसरी छोपिदिन्छन् कि हामी उनीहरूले सिर्जना गरेको शब्दमा उनीहरूलाई ‘सभ्य’, ‘सुसंस्कृत’ र ‘ज्ञानी’ भन्ठान्छौँ । यही कामलाई मिडियाले बडो कुशलताका साथ निर्वाह गर्छ ।

आधी आकाश चाहनेहरूले

समाज पितृसत्तात्मकतातर्फ उन्मुख हुनथालेपछि पुरुषहरूले नारी जातिलाई बिस्तारै घरभित्र बज्यार्दै ल्याए र "शक्तिहीन र क्षमताहीन छस्" भनी बिस्तारै हेप्दै , शोषण गर्दै ल्याए । नारी जाति क्रमशः परास्त हुँदै आए अन्धविश्‍वास रूढि र संस्कारहरूमा साँघुरो भएर अस्तित्व धान्दै आए आत्मविश्‍वासहरू चिहान पार्दै आए ।

नेवाः एकता दिवसको पहेली

नेपालमा उत्पीडित राष्ट्रका राजनीतिकर्मीहरू प्रायः राज्य नियन्त्रक प्रभुत्वशाली वर्ग समुदायका पार्टी अधीनस्थ हुने गरेको छ । यद्यपि, संविधानसभामा दबाब सिर्जना गर्न नेवाः राष्ट्र ‘नेवाः प्रदेश’ का लागि मोर्चाबद्ध भएर उभियो ।

महिला स्वयं पितृसत्ताको एजेन्ट भएर हिँडिरहेका छन्ः प्रा. डा. बिन्दु पोखरेल

त्रिभुवन विश्‍वविद्यालयको मानविकी तथा समाजशास्त्र विभागमा झण्डै तीन दशकदेखि प्राध्यापनरत प्राध्यापक डा. बिन्दु पोखरेल महिला अधिकारको क्षेत्रमा प्रखर आवाजका रूपमा स्थापित छिन् । पोखरेलसँग ‘जेन्डर स्टडिज’ मा खारिएको अनुभव छ । उनको सहलेखनमा ‘लैङ्गिक अध्ययन’ नामक पुस्तक प्रकाशित छ । उनै पोखरेलसँग चेतलुङका लागि प्रणेताले गरेको कुराकानीको सम्पादित अंश ।

कोरोना महाव्याधिमा नेपालको शिक्षा

अहिले पनि राष्ट्रका जिम्मेवार व्यक्तिहरू फूलबुट्टे र ‘लोकप्रिय’ घोषणा गरेर दायित्वबाट पन्छिने गरेको देखिन्छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले जिम्मा लिएकै बालबालिकासँग रेडियोको पहुँच नहुनुले राज्य सतही घोषणाहरू गर्दै पन्छिने गरेको तथ्यलाई थप पुष्टि गर्छ ।

‘आदिवासीहरूका संगठन र आन्दोलनले पनि ठीक ठाउँमा आवाज उठाइदिनु पर्‍यो’

पारिस्थितिक प्रणालीमा हिउँचितुवा भएन वा संख्यामा ह्रास आयो भने त्यसभन्दा मुनिका नाउर–झारलजस्ता आहार प्रजातिको संख्या बढेर जानुका साथै घाँस सखाप हुँदै जान्छ । यसले खेतीबालीमा समेत असर गर्छ । बोटविरुवा घटेपछि पहिरो जाने र पानीका मुहान सुक्ने सम्भावना हुन्छ । त्यसैले पारिस्थितिक प्रणालीको सन्तुलन जरुरी हुन्छ ।

कोभिड–१९ सँगै हुर्किएको ‘छाया महामारी’

निकै कम संख्याका पीडितले दुर्व्यवहारसम्बन्धी उजुरी गर्ने भएकाले लैंगिक हिंसाका वास्तविक तथ्यांक उतार्नुु नेपालजस्तो मुलुकमा अझै पनि ठूलो चुनौती छ । यसका मुख्य कारण लैंगिक हिंसासँग जोडिने लान्छना हो अर्थात् हिंसामा महिला र बालिकाहरूलाई नै दोषी ठान्‍ने प्रवृत्ति र पारिवारिक ‘प्रतिष्ठा’ ठूलो तगारो देखिन्छ ।

एउटा कविताले ल्याएको हलचल

कवितामार्फत भूपाल राई र उनले प्रतिनिधित्व गर्ने समुदायको पहिचानको दर्शन गाँसियो, इतिहाससँग । यही कविता अन्ततः इतिहास निर्मित परम्परागत भाष्यलाई ब्रेक गर्ने वा खारेज गर्ने सैद्धान्तिक कोसिस बन्न पुग्यो । नयाँ दृष्टिकोणसहितको इतिहासको नयाँ भाष्य पनि निर्माण गर्न खोज्यो, यो कविताले ।

‘यदि समाजवाद कहीँ लागू हुन्छ भने सबभन्दा पहिले स्वास्थ्यमै हुनुपर्छ’

हरेक लहरमा राज्यले आवश्यक तयारी नै गरेको देखिएन । अघिल्लो लहरबाट सिकेर तयारी गरेको दखिएन । दोस्रो लहर आउँदा हाम्रो सीमा–नाकामा होल्डिङ सेन्टरहरूसहितको बलियो संयन्त्र हुनुपर्दो रहेछ भनियो । अहिले तेस्रो लहर आएर यत्तिका महिना हुँदासमेत त्यो बन्दै बनेन । अहिले पनि गाउँघरमा सबैतिर संक्रमण भइरहेकै छ ।

घाँसी कसको ?

खासगरी आफ्ना हितकारी भीडलाई थप अन्धभक्त र विवेक–बन्दी बनाउने शासकीय रणनीति हो, उपाधि परम्परा । त्यसकारण जयन्ती–उत्सव मनाउनु, हाहाहुहु गर्नु, साइन बोर्ड झुन्ड्याउनु, सालिक या मूर्ति ठड्याउनुजस्ता कृत्यहरू सामन्ती–दमनकारी संस्कृतिकै भद्दा अन्धानुकरणभन्दा बढी केही होइनन् ।

आह्वानको आह्वान

महिलाको जमघट, छलफल, विमर्शलाई फगत ‘आइमाई गन्थन’ को बिल्ला लाग्‍ने गरेकै थियो । महिलाले महिलाकै खुट्टा तान्छन् भन्‍ने ‘स्टेरियोटाइप्स’ बदल्न र तोड्न पनि आह्‍वानको आह्‍वानहरूले गहिरो अर्थ राख्छन् ।

'सिरिजङ्गा' कि 'किराँत सिरिजङ्गा ?' : लिपि विवादको चुरो कुरो

किराँत याक्थुङ चुम्लुङ, किराँत याक्खा छुम्मा, सुनुवार सेवा समाज, किराँत राई यायोक्खालगायत संस्था सम्बद्ध किराँत समन्वय समितिले भाषाशास्त्री डा. तारामणि राईको सयोजकत्वमा गठन गरेको ‘किराँत सिरिजङ्‍गा लिपि समायोजनसम्बन्धी विज्ञ कार्यदल- २०७८’ ले गरेको लिपिको नयाँ नामकरण र वर्णमाला परिमार्जनको प्रस्ताव विवादमा परेको छ । यो विवादको चुरो खोतल्ने प्रयास यहाँ गरिएको छ ।

‘पत्रकारहरूले उचित प्रशिक्षण पाउन सकेका छैनन्’

नेपाली पत्रकारिताको एक जिउँदो इतिहास हुन्– खिलध्वज थापा । चार दशक लामो पत्रकारिता गरेका थापाले विभिन्‍न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरकारी–गैरसरकारी तथा आदिवासी जनजाति प्राज्ञिक संघ–संस्थामा संलग्‍नता रहेर महत्त्वपूर्ण भूमिका निभाइसकेका छन् । त्यसबापत उनी विभिन्‍न पदक, पुरस्कार तथा कदरपत्रबाट भरपुर सम्मानित भएका पनि छन् । पत्रकारिताबाहेक कथा–कविता पनि लेख्‍न रुचाउने उनले साहित्यिक पत्रिकासमेत चलाए । उनले आफ्नो दीर्घ अनुभवलाई समेटेर केही साताअघि मात्रै पहिलो संस्करण–कृति एक पत्रकारको बकपत्र सार्वजनिक गरेका छन् । यसै सन्दर्भमा, प्रस्तुत छ उनै वरिष्ठ पत्रकार थापासँग छम गुरुङ र गुरुङ सुशान्तले गरेको चेतलुङ–वार्ताः

'गुरुत्वाकर्षण' कसले पत्ता लगायो ?

कुनै एउटा परम्परा त्यसका पछिल्ला पिँढीले टुङ्ग्याइदिन्छन्, कुनै परम्परा निरन्तर हुन्छ। खास समयमा तिनीहरूबीच अन्तरक्रिया भयो होला, ज्ञानहरू आदान–प्रदान भयो होला। त्यो बहसको विषय हुन सक्ला । तर, टुङ्गिएको परम्पराका उत्तराधिकारीले अविच्छिन्‍न परम्परालाई आफ्ना पूर्वजको ज्ञानको विस्तार भनेर कृत्रिम गौरव गर्नु बाजेले घ्यू खाएको सम्झिएर नाति / नातिनीको पुस्ताले हात सुँघे जस्तै हो ।

सीमा उल्झनमा मधेस

मधेससँग प्रशस्त उर्वर खेतीयोग्य जमिन छ । सिँचाइ, मलखाद र बीउबिजनको राम्रो प्रबन्ध मिलाउने हो भने खेतीबाटै मधेस समृद्ध हुने प्रशस्त सम्भावना छ, जुन सीमा व्यवस्थापनबाट मात्र सम्भव छ ।

भारतका प्रधानन्यायाधीशलाई पत्रकार पी. साईनाथको खुला–पत्र

न्यायाधीश महाशय ! मिडिया क्षेत्र निकै प्रतिकूल स्थितिमा पुगेको छ । तर, मिडियालाई जोगाउने संस्थाहरू नै असफल भइरहेका छन् । मिडियामा व्यापक सुधार हुनुपर्छ भन्ने विषयमा कुनै दुई मतै छैन । न्यायपालिकाले मिडियामा सुधार ल्याउन सहयोग गर्छ । तर, न्यायपालिकाले पनि आफूमा सुधार ल्याउन आवश्यक छ । मलाई विश्‍वास छ कि हाम्रा संस्थाहरू र हामी सबैलाई सिद्दिकी कप्पनले जेलमा बिताएका प्रत्येक अतिरिक्त दिनले कठोर रूपमा मूल्यांकन गर्नेछन् ।

जनगणनाको राजनीतिक रङ

जनगणनाको सम्पूर्ण तथ्याङ्क आउन करिब एक वर्ष लाग्‍नेछ । विभाग अहिले तथ्याङ्क विश्लेषणमा व्यस्त छ । तर, ज्ञान उत्पादनमा व्यापक प्रयोग हुने जनगणनाको तथ्याङ्क विश्‍वसनीय र भरपर्दो होला ? शंका गर्ने प्रशस्त आधार निर्माण भइसकेको छ ।

विश्‍वव्याधिमा नेपाली मिडिया

कोभिड–१९ विश्वव्याधिसँग जुध्‍न नेपालका प्रमुख सञ्चार संस्थाहरूले अख्तियार गरेका रणनीति तथा उपायहरूले उनीहरू जवाफदेहिता, पारदर्शिता, पत्रकारहरूको पेसागत तथा समाजिक सुरक्षा र कानुनी शासनप्रति संवेदनशील छैनन् भन्‍ने पुष्टि गर्छ । अरुलाई नियम पालना गर्न प्रेरित गर्ने आमसञ्‍चार माध्यमहरू आफैँ नियममा नबस्‍नु शोभनीय हुन सक्दैन ।

एजेन्डाबाट अरु लेखहरु
चेतलुङ
चेतलुङ