माओवादी पार्टी संगठनकाे वैचारिकी
समाजवादी वर्गसंघर्षको अर्थ बुर्जुवाविरुद्ध संघर्ष मात्रै होइन भन्ने माओको विचार थियो । समाजवादी राज्य र जनताबीचको अन्तरविरोधका साथसाथै पार्टी र जनताबीचको अन्तरविरोध पनि त्यसअन्तर्गत पर्ने उनको तर्क थियो । सन् १९५० ताका नै उनले चेतावनी दिएका थिए कि सत्ता कब्जा भइसकेकाले जनतामाथि हैकम चलाउनेहरूलाई जनताले पाठ पढाउने छन् ।