संसारका महिला एक दिन बिदा बसे भने ?
आईसल्याण्डको इतिहासमा त्यो दिन ‘द लङ फ्राइडे’ का नामले अंकित छ । देशका सबै सुपरमार्केटमा बनिबनाउ अर्थात प्याकिङ खाना सकियो । कार्यालयहरू आ-आफ्ना बाबासँग आएका केटाकेटीले भरिए । ती सबै बाबाहरू केटाकेटीसँग शान्त रहन हारगुहार गरिरहेका थिए । समग्र देश अस्तव्यस्त हुन पुग्यो ।