साहित्यमा राजनीति
नेपालमा मुख्यतः तीन खाले साहित्य/कलाकर्मीहरू भेटिन्छन् । पहिलो, संस्थापन पक्षीय साहित्यकार, जसले स्थापित सत्ता र मुल्यको सेवा गर्छन् तथा साहित्यको नाममा ठाडो हिसाबले शासकीय राजनीति गर्छन् । दोस्रो, प्रतिपक्षीय साहित्यकार, जसले शासन सत्ताले लादेको सबै खाले वञ्चिती र उत्पीडनका विरुद्धमा कलम चलाएर अर्को ढंगको राजनीति गर्छन् । तेस्रो, शुद्धतावादी साहित्यकार, जो विशुद्ध कलाको जिकिर गर्छन् । उनीहरू त्यस्ता शुद्धतावादी साहित्यकार हुन्, जसले साहित्यमा राजनीति लेख्नु हुँदैन भनेर उठ्दै गरेको मुक्ति र विद्रोहको स्वरलाई दबाउन सबभन्दा ठूलो राजनीति गर्छन् । यसरी हरेक कित्ताका साहित्यकारले आ-आफ्नो पक्षको राजनीति गरिरहेका हुन्छन् ।