११ जेठ २०७९, बुधबार - May 25, 2022 Wednesday
Bidhyanath Koirala
विद्यानाथ कोइराला प्रा.डा. विद्यानाथ कोइराला चर्चित शिक्षाविद् हुन् । त्रिभुवन विश्वविद्यालय केन्द्रीय शिक्षा विभागका विभागीय प्रमुखसमेत रहिसकेका कोइरालाले विभिन्न पत्रपत्रिकामा विचार–लेख लेख्दै आएका छन् । विभिन्न पुस्तकको सम्पादन गरिसकेका कोइरालाले  शिक्षामा वैकल्पिक चिन्तन, उपनिषदमा विज्ञानः भोलिका शिक्षकको भूमिका र शिक्षामा सोचान्तरणजस्ता पुस्तक लेखेका छन् । शिक्षासम्बन्धी विभिन्न आयोगमा रहेर काम गरेका कोइराला खुला विश्वविद्यालयका पक्षमा वकालत गर्छन् ।   

कोरोनाले दिएको शिक्षा र गन्तव्य

समस्याले सोच जन्माउँछ । मनोविद् त्यसै भन्छन् । अहिलेको समस्या हो, कोरोना । त्यसबारे के सोच बन्यो या बनाइयो त ? मैले देखेँ– हाम्रा नेतृत्वहरू सोच बनाउँदा रहेनछन् । समस्या मात्रै बनाउँदा रहेछन् । त्यो सोच हो र ? यो स्थितिको समाधान के हो भनी सोच्नु पो सोच होला त । मधेसको बारीमा हलीले हलो नउठाइकन घुमाएर जोत्छ । पहाडको कान्ले बारीमा हलीले हलो फर्काएर एकोहोरो जोत्छ । हिमाली फगटे बारीमा हलीले हलो उचाल्दै छेउ–कुनामा दाब्दै जोत्छ । ती महान सोचवाला हलीलाई सलाम गर्छु ।

चेतलुङ
चेतलुङ