मुन्धुम साहित्यको चार किल्ला
वास्तवमा मुन्धुम साहित्य आन्दोलन धेरै अघिदेखि सिरिजंगा, फाल्गुनन्द, इमानसिंह चेम्जोङ, पीएस मुरिङला, वैरागी काइँला आदिले अघोषित रूपमा चलाउँदै आएको आन्दोलन हो । तर, त्यही आन्दोलनलाई घोषित रूपमा एक ढाँचा (Frame) मा ढालेर अघि बढाउनु अपरिहार्य भएको महसुस गरेर यो अवधारणा–पत्र लिपिबद्ध गरिएको मात्र हो, जसलाई थपघट गर्दै र खार्दै बदलिँदो भविष्यमा समय सापेक्ष बनाउँदै लैजानु पर्दछ ।