११ जेठ २०७९, बुधबार - May 25, 2022 Wednesday
Bimal Nibha
विमल निभा कवितामार्फत राजनीति गर्ने एक प्रगतिशील कवि विमल निभा, जो सधैं ताजा र सटिक शैलीमा क्रूर सत्ताविरुद्ध आफ्नो जनपक्षीय कविता प्रक्षेपण गरिरहेका हुन्छन् । उनी कम्युनिस्ट आन्दोलन र विचारधारासँग जोडिएर पनि कहिल्यै औपचारिक ‘पार्टी–खोर’ भित्र कैद भएनन् । बरु समानान्तर रूपमै कवितासँगै पत्रपत्रिकामा व्यङ्ग्य–निबन्ध र स्तम्भ–लेखन गर्दै निरन्तर लागिरहे । उनको व्यङ्ग्य–निबन्ध संग्रहमा ‘छेउको बधशाला’, ‘चौथो कालम’ र ‘डाइनोसर जिउँदो छ’ प्रकाशित छन् भने ‘आगोनेर उभिएको मानिस’, ‘एउटा बाहुला नभएको बुसर्ट’ र ‘जोकरको बन्दुक’ कविता–संग्रह प्रकाशित छन् । उनको कविता-संग्रह डेगेन्द्र राजवंशीको आत्महत्या नेकपा एमाले दसौँ महाधिवेशनको छेकोमा बेला बुक्सबाट प्रकाशित भएको छ ।   

डेगेन्द्र राजवंशीको आत्महत्या: एक क्रूर हत्यागाथा

डेगेन्द्रहरू गुमनाम छन् । यसको मुख्य कारण अहिलेका कम्युनिस्ट भनाउँदा हर्ताकर्ता नेताहरूको षड्यन्त्र हो । सहयोद्धाहरूलाई नेतृत्व पंक्तिका नेताहरूले ‘ट्रिक’ मात्र गरिरहे । भुइँका मान्छे अगाडि ल्याउनलाई कम्युनिस्ट आन्दोलन भएको हो । माथि उठाउनु त कहाँ–कहाँ उल्टै भुइँमान्छेहरूलाई भुइँमै कुल्चेर राखे । तिनैमध्ये एक हुन्– डेगेन्द्र राजवंशी पनि । त्यही कुल्चिएर राख्नुको दुष्परिणाम हो, आत्महत्या ।

चेतलुङ
चेतलुङ