‘पिर’ मा छताछुल्ल यौनिक बुझाइ
ब्राम्हणवादी सत्ताको मूल सिद्धान्त भनेकै पवित्रता हो । यो पवित्रताले ब्राम्हणवादी समाजका सदस्यको जीवनका सबै आयामलाई नापजोख गरेर नियमन गर्छ । अर्थात् विवाह, यौनिकता, पेसा, खान्की, कला-संगीत, हिँडाइ, बसाइलगायतका सबै अवयवमा पवित्रता आन्तरीकृत हुन्छ । यही पवित्रताले पुरुष एवं महिलाको यौनिकतालाई नियन्त्रण गर्छ, जहाँ पवित्रताको कठोर नियमन महिलामाथि मात्रै लागू गरिन्छ ।