बीपीको त्यो बयान
नेपालको राजनीतिक इतिहासमा गम्भीर महत्त्व राख्ने नेता बीपी कोइरालाका विचारको गहिरो अध्ययन आवश्यक छ । उनका पुस्तकाकार कृतिहरू साहित्यमा जति महत्त्व राख्छन्, उनका लेख, अन्तर्वार्ता, डायरीका साथै विभिन्न कालखण्डमा जेल पर्दा दिएका अदालती बयानले उत्तिकै राजनीतिक महत्त्व राख्छन् । यहाँ प्रस्तुत अदालतका बयानहरूमा व्यक्त कोइरालाका विचारलाई ताजा बहसका निम्ति प्रस्तुत गरेका छौँ ।