सरिता साहस
सयौँ वर्षदेखि संस्कारको रूप धारण गरिसकेको रुढिलाई सरिताले आफ्नो बुताले सकेसम्म चुनौति दिने गर्थिन् । तर, विभेदलाई काँधमा बोकेर हिँडेको पितृसत्तात्मक समाजले घरी-घरी उनलाई होच्याउँथ्यो । उनी सम्झन्छिन्, ‘दाजुभाइले कुट्दा उनीहरूले कुटे भनेर गुनासो गर्दा पनि अभिभावकले भन्थे-अनि के भो त ? छोरा मान्छेले कुटिहाल्छ नि !’