११ जेठ २०७९, बुधबार - May 25, 2022 Wednesday
CK Lal
सीके लाल सीके लाल एक प्रभावशाली चिन्तक, राजनीतिक विश्लेषक, स्तम्भकार, अनि तत्पर एक्टिभिष्ट हुन् । नेपाली राज्यको अनुदार र एकल जातीय वैचारिक एव‌ शासकीय संरचनाका कडा आलोचक सबै सिमान्तकृत समुदायहरुकाे अधिकार तथा स्वतन्त्रताका निम्ति निरन्तर संघर्षरत बौद्धिकहरु मध्ये लाल पनि एक हुन् । पुस्तकाकार कृतिकाे रुपमा उनका 'नेपालीय हुनलाई' र 'मिथिला मन्थन' प्रकाशित छन् भने नाटक 'सपनाकाे साविति' मञ्चन भैसकेको छ ।   

तराई–मधेशमा आन्तरिक उपनिवेशवादको अर्थ–राजनीति

आन्तरिक उपनिवेशवादका दुई महत्वपूर्ण आयाममध्ये आर्थिक दोहन एवं सांस्कृतिक दमन हुन् । आर्थिक दोहनको रूप मधेशको जल, जङ्गल, जमिन एवं जनशक्तिको प्रयोग गोरखाली साम्राज्यसँग सम्बद्ध सम्भ्रान्तहरूको हितका लागि भयो । सांस्कृतिक दमनचाहिँ धर्म, भाषा, सांस्कृतिक एवं जीवनशैलीमा ‘एकरूपता’ कायम गर्ने नाउँमा अद्यापि सञ्‍चालन भई नै रहेछ ।

चेतलुङ
चेतलुङ