बलात्कारको विभिषिकामाथि एक हुँकार
ती सबै विनम्र, मिलनसार, सहयोगी, न्यायप्रेमी तथा कठोर र जल्लाद पुरुषहरूप्रति मेरो प्रश्न छ- तपाईं कस्तो समाज चाहनुहुन्छ ? के तपाईंहरू एक-एक महिलाको बलात्कार गरेर आफ्नो विजयको पताका फहराउने समाज चाहनुहुन्छ ? वा आफ्ना छोरी, चेली र आमाहरूले उन्मुक्त सास फेर्दै गरेको समाज चाहनुहुन्छ ? निर्णय तपाईंहरूको हातमा छ किनभने अपवादबाहेक सबै बलात्कारी पुरुष हुन् ।