नेपाली पत्रकारिताको एक जिउँदो इतिहास हुन्– खिलध्वज थापा । चार दशक लामो पत्रकारिता गरेका थापाले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरकारी–गैरसरकारी तथा आदिवासी जनजाति प्राज्ञिक संघ–संस्थामा संलग्नता रहेर महत्त्वपूर्ण भूमिका निभाइसकेका छन् । त्यसबापत उनी विभिन्न पदक, पुरस्कार तथा कदरपत्रबाट भरपुर सम्मानित भएका पनि छन् । पत्रकारिताबाहेक कथा–कविता पनि लेख्न रुचाउने उनले साहित्यिक पत्रिकासमेत चलाए । उनले आफ्नो दीर्घ अनुभवलाई समेटेर केही साताअघि मात्रै पहिलो संस्करण–कृति एक पत्रकारको बकपत्र सार्वजनिक गरेका छन् । यसै सन्दर्भमा, प्रस्तुत छ उनै वरिष्ठ पत्रकार थापासँग छम गुरुङ र गुरुङ सुशान्तले गरेको चेतलुङ–वार्ताः