लिम्बू ‘सुभा-हाङ’ : एक ऐतिहासिक रूपरेखा
सुभाको सिको गरेर गोरखाली शासकले ‘सुब्बा’ पद निर्माण गरेपछि ‘सुभा’ को महत्त्व सिद्धियो । किनकि ‘सुभा’ को मर्यादा, शक्ति, अधिकार आदि गोरखाली ‘सुब्बा’ सँग तुलनीय थिएन । साथै ती सरकारी सुब्बाहरूको प्रभुत्वले ‘हाङ’ हरूको प्रचलन पनि ओझेलमा पर्दै गयो । ‘सुभा-हाङ’ हरूको यसरी अवसान भएको पाइन्छ । गोरखालीद्वारा निर्मित लिम्बू सुब्बाहरू पनि २०२१ सालको भूमिसुधारपछि सकिए ।