बालेनः बेथितिको अभिव्यक्ति
पार्टीहरूले आफू खुसी खल्तीबाट सुटुक्क निकालेर उम्मेदवार दिँदैमा मतदातालाई त्यो मन्जुर छैन । अघिल्लो चुनावमै देखिएको संकेतलाई यस पटकसमेत दलहरूले नमान्दा देखिएको परिणाम हो यो । त्यसैले मतदाता झनै आक्रोशित भए । बालेनले जितेपछि मात्र अरुले हारे भन्ने अवस्था रहेन । यसबाट ठूला पार्टीहरूले सिक्नु पर्नेछ । अहिले सामान्य पहिरो आएको हो, दलहरू सिक्न तयार नहुने हो भने भविष्यमा कुनै पनि बेला गम्भीर पहिरो जान सक्छ ।