१९ असोज २०७९, बुधबार - October 5, 2022 Wednesday
Mary Deschene
मेरी डेसेन मानवशास्त्री डेसेनले नेपाली समाज र इतिहासको अध्ययनमा ३५ वर्ष बिताइन । बितेको साढे तीन दशकमा उनले नेपालको महिला, दतिल, सुकुम्बासी र वाम आन्दोलनबारे गहिरो अध्ययन गरेकी छन् । ०४२ देखि ०४४ सालसम्म ‘गुरुङ जातिको लाहुरे संस्कृति र इतिहास’ विषयमा अध्ययन गरेकी उनले त्यही विषयमा स्ट्यान्डफोर्ड विश्वविद्यालयबाट विद्यावारिधी गरेकी छन् । हाल उनी वासिङटन विश्वविद्यालयको वरिष्ट अनुसन्धाता हुन् ।   

नेपालमा महिलाको राजनीति

नेपालको महिला आन्दोलनबाट पनि संसारले सिक्न सक्ने धेरै कुरा छन् । नेपाली महिला अभियन्ताका अथक संघर्ष र साहसबाट संसारका जुनसुकै देशका महिला आन्दोलनले सिक्न सक्छन् र नेपालबाट प्रेरणा र उत्साह लिन सक्छन् । बढी सुविधा भएका देशका महिला आन्दोलने नेपालबाट के पनि सिक्न सक्छन् भने अति अप्ठ्यारो परिवेशमा पनि काम अगाडि बढाउने सम्भावना हुन्छ । त्यसैगरी नेपाललाई सुधार्छु भन्दै आउने दाताका संस्था र कर्मचारीले नेपाली श्रमजीवी महिला अभियन्ताबाट धेरै सिक्न सक्छन् ।

चेतलुङ
चेतलुङ