लुम्बिनी, मोरारी बापु र गौतम बुद्ध
धार्मिक तिर्थस्थलमा पर्यटन विकासबारे चिन्तन गर्नु गलत होइन । तर लुम्बिनीमा ‘मोरारी बापु’ वा जनकपुरमा ‘दलाई लामा’लाई गुहारिन्छ भने त्यो चाहिँ गलत हो । हाम्रा लागि ‘भगवान बुद्ध’ र ‘भगवान राम’ बराबर हुन् । बुद्ध र रामका नाममा नेपाली समाजलाई विभाजित गर्ने सोच किमार्थ स्वीकार्य हुँदैन ।