१९ असोज २०७९, बुधबार - October 5, 2022 Wednesday
Naresh Gyawali
नरेश ज्ञवाली डेढ दशकदेखि पत्रकारितामा संलग्‍न ज्ञवाली विचारोत्तेजक अन्तर्वार्ता र अनुवादकर्मका लागि चिनिएका छन् । उनीसँग नेपाल र नेपाल बाहिरका सञ्चारमाध्यमसँग काम गरेको अनुभव छ । उनी चेतलुङमा आवद्ध छन् । सम्पर्कः gyawali023@gmail.com   

हामीलाई प्रतिरोधको एसियाव्यापी मञ्च चाहिएको छः शाहिदुल आलम

सरकारसँग ‘मनी एन्ड मसल’ छ र त्यो नै उसको शक्ति हो तर हामीसँग रचनात्मकता छ । बौद्धिकता छ । यसअर्थ वास्तवमै हामी शक्तिशाली छौँ । उनीहरू रचनात्मकता र बौद्धिकताको सामना गर्नै सक्दैनन् । उनीहरू मुढेबलको भाषा बुझ्छन । उनीहरू मानिसलाई कसरी खरिद गर्ने भन्ने जान्दछन । हामीसँग भएका सीपको सामना गर्ने क्षमता उनीहरूमा हुँदैन । मेरो विचारमा यही सामर्थ्य उनीहरू विरुद्ध हाम्रो प्रतिरोधी संयन्त्र बन्न पुग्छ ।

के दलहरू महिला नेतृत्व रुचाउँदैनन् ?

पितृसत्तात्मक सामाजिक व्यवस्थाले शक्तिहीन तुल्याएका महिलालाई राज्यका सबै निकायमा पुर्‍याउन स्थानीय तहका संरचनामा पनि महिला अनिवार्य हुनुपर्ने अवधारणा राजनीतिक दलहरूले नै अघि सारेका थिए । तर, उनीहरू नै त्यसबाट पछि हट्दै गएका छन् ।

नयाँ क्षितिज खोज्‍न हाम्रै दृष्टि चाहिएको छ

जब-जब कुनै आन्दोलनले विभेदकारी संरचनालाई भित्रसम्म हल्लाउँछ, त्यसपछि त्यो असफल किन हुन्छ भन्‍ने प्रश्‍नमा हामी घोत्लिनु पर्नेछ । विगतदेखि वर्तमानसम्म यस्ता प्रयासहरू नभएका होइनन् तर ती पर्याप्त छैनन् भन्‍न सकिन्छ । कुनै प्रयास सफल नहुँदैमा त्यो त्याज्य प्रयोग हो भन्‍न त मिलेन, तर समीक्षा जरुरी छ ।

युक्रेनमा देखिएको पश्‍चिमा मिडियाको नस्लवाद

अन्यत्र मरेका मानिसलाई अंक ठान्‍ने तर अमेरिका–युरोपमा मरेका गोरालाई येशुका सन्तान ठान्ने पश्चिमा मिडियाको यो रोग सत्ता, शक्ति र नस्लवादी सोचको पराकाष्ठा हो । यसमा उनीहरूको दोहोरो चरित्रको सबैभन्दा विद्रुप अनुहार देखिन्छ । तर, ‘लोकतन्त्र’, ‘मानवअधिकार’ र ‘वाक स्वतन्त्रता’ जस्ता शब्दले उनीहरूको यो विद्रुप नरसंहारकारी अनुहारलाई यसरी छोपिदिन्छन् कि हामी उनीहरूले सिर्जना गरेको शब्दमा उनीहरूलाई ‘सभ्य’, ‘सुसंस्कृत’ र ‘ज्ञानी’ भन्ठान्छौँ । यही कामलाई मिडियाले बडो कुशलताका साथ निर्वाह गर्छ ।

न्यायाधीश महोदय, मुर्दा मौनता तोड्नुस् !

सामान्य मानिसले पनि बुझ्‍न सक्दछ कि अर्बौँको राजस्व छली आन्तरिक राजस्व विभाग, कम्पनी रजिस्ट्रारको कार्यालय र बिचौलियाबीचको लेनदेनको परिणाम हो । यही सत्य राजस्व विभागको अनुसन्धानबाट पनि खुलेको छ । वास्तविक दोषीलाई उन्मुक्ति दिँदै कागजी दोषीलाई जेलको छिँडीमा पठाउने हदको मत्स्यन्यायमा हाम्रो न्यायपालिकाले विश्‍वास गर्दैनन् भन्‍ने विश्‍वासलाई कायम राख्नु न्यायालयको धर्म हो ।

चेतलुङ
चेतलुङ