१९ असोज २०७९, बुधबार - October 5, 2022 Wednesday
Ninu Chapagain
निनु चापागाईं निनु चापागाईं नेपाली प्रगतिवादी समालोचना, माक्र्सवादी सौन्दर्यचिन्तन र संस्कृतिको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउने‍ वरिष्ठ लेखक तथा चिन्तक हुन् । लेखन, अनुवाद र सम्पादन गरी उनका दुई दर्जनभन्दा बढी पुस्तक प्रकाशित छन् । यथार्थवादी रचनादृष्टि र विवेचना (२०५१), माक्र्सवादी चिन्तनमा सौन्दर्य (२०५४), सन्दर्भः संस्कृति र सांस्कृतिक रूपान्तरण (२०५९), उत्तरआधुनिकतावादः भ्रम र वास्तविकता (२०६१), दलित सौन्दर्यशास्त्र र साहित्य (२०६८), पूर्ववाद र सइदेली विचार (२०७३) जस्ता कृतिहरू अधिक रुचाइएका छन् ।

‘सुन्दरी प्रतियोगिता’ भित्र लुकेको कुरूप अनुहार

सुन्दरी प्रतियोगिताको भित्री तहमा सम्पूर्ण साम्राज्यवादी–पूँजीवादी आर्थिक प्रणाली क्रियाशील रहेको हुन्छ । पूँजीपतिहरूले उत्पादन गरेका सामग्री बढी भन्दा बढी बिक्री गर्नका लागि बजार र बजार विस्तारको आवश्यकता हुन्छ, बजार विस्तारका लागि विज्ञापन गर्नुपर्ने हुन्छ र विज्ञापनका लागि मोडेलको आवश्यकता पर्छ । सुन्दरी प्रतियोगिताको वास्तविक उद्देश्य यही मोडेल उत्पादन गर्नु मात्र हो ।

ओशोका विचारहरूमाथि आलोचनात्मक दृष्टि

ओशोको विचार महान् कल्पनामा आधारित छ, वस्तुपरक चिन्तनमा होइन । भौतिक परिस्थितिमा परिवर्तन नगरी मानसिक स्थिति बदल्न सकिन्न भन्ने भौतिकवादी चिन्तनका विरुद्ध लक्षित छ ध्यान–आन्दोलन । ध्यान भौतिक स्थिति नबदली मानसिक स्थिति बदल्न सकिन्छ भन्ने चिन्तनमा आधारित छ । यो व्यक्तिमुखी मात्र होइन, समाजविरोधी पनि हो ।

चेतलुङ
चेतलुङ