११ जेठ २०७९, बुधबार - May 25, 2022 Wednesday
Parijat
पारिजात विसं १९९४ मा दार्जिलिङमा जन्मिए पनि मृत्युपर्यन्त कर्मथलो नेपाल बनाउने साहित्यकार हुन्, पारिजात । प्रगतिवादी साहित्यमा अत्यन्त श्रद्धाका साथ पढिने पारिजातका ३ कवितासंग्रह, ४ कथासंग्रह, ३ आत्मसंस्मरण, १ लेखसंग्रह र १० उपन्यास प्रकाशित छन् । शिरीषको फूल (२०२२), तोरीबारी बाटा र सपनाहरू (२०३२), पर्खालभित्र र बाहिर (२०३४), अनिंदो पहाडसँगै (२०३९), पारिजातका कविता (२०४४), बैशालु वर्तमान (२०५०), सडक र प्रतिभा (२०३२), साल्गीको बलात्कृत आँसु (२०४३), धूपी, सल्ला र लाली गुराँसका फेदमा (२०४३) र आधी आकाश र अन्य फुटकर लेखहरू (२०४८) आज पनि पाठकहरूले उत्तिकै मन पराएर पढ्ने कृतिहरू हुन् । नारी मुक्ति र मार्क्सवादी सांस्कृतिक आन्दोलनमा पारिजातको नाम श्रद्धापूर्वक लिइन्छ ।

आधी आकाश चाहनेहरूले

समाज पितृसत्तात्मकतातर्फ उन्मुख हुनथालेपछि पुरुषहरूले नारी जातिलाई बिस्तारै घरभित्र बज्यार्दै ल्याए र "शक्तिहीन र क्षमताहीन छस्" भनी बिस्तारै हेप्दै , शोषण गर्दै ल्याए । नारी जाति क्रमशः परास्त हुँदै आए अन्धविश्‍वास रूढि र संस्कारहरूमा साँघुरो भएर अस्तित्व धान्दै आए आत्मविश्‍वासहरू चिहान पार्दै आए ।

वैचारिक र मानसिक शोषणको विरूद्ध

यो महिला जागरणको युग हो । हामी यो असङ्ख्य शारीरिक र मानसिक शोषणबाट जन्मिएका असंगतिहरूलाई निराकरण गरेर हाम्रो जीवनलाई सुगम, यसो भनौं तनाउमुक्त बनाउन सक्छौँ । यसतर्फ हामीले सचेत हुनैपर्छ । महिला मुक्तिको निम्ति सचेत अथवा प्रगतिशील धारणामा विश्‍वास राख्‍ने महिलाहरूले अरूलाई सिकाउने नाराबाट मात्र होइन, आफ्नो व्यक्तिगत जीवनबाट पनि आन्दोलन सुरू गर्नुपर्छ ।

चेतलुङ
चेतलुङ