गे र लेज्बियन आन्दोलनबारे केही सवाल
निश्चय पनि समलैङ्गिक आन्दोलनले सामाजिक र आर्थिक रूपमा असक्षमलाई समावेश गर्छ भन्ने हुँदैन । गे र लेज्बियन आन्दोलनका सहभागीहरू स्टीग्मा भोग्ने या भोगेका भए पनि उनीहरू प्राय सांस्कृतिक पुँजीबाट हेर्दा ‘प्रिभिलेज्ड’ हुन्छन् र उनीहरूसँग सांकेतिक संघर्षका लागि चाहिने पर्याप्त पुँजी हुने गर्छ । सांकेतिक विद्रोहमा प्रतिवद्ध प्रत्येक आन्दोलनको उद्धेश्य साङ्केतिक विनाश र निर्माणका श्रमको प्रदर्शन गर्नु हो ।