पितृसत्ताको जरो काट्न ज्ञानको हतियार चाहिएको छ
पाठ्यक्रममा राष्ट्रवादको धङधङी चिर्ने गरी सामग्री नै छैनन् । समावेशिताको मुद्दामा राष्ट्रिय बहस भइरहँदा एकातर्फ महिलाको प्रतिनिधित्व र त्यसमा पनि सीमित समुदायको वर्चश्व कसरी तोड्ने भनेर आवाज उठेको छ । तर, पाठ्यक्रममा यी विषय कहीँ उल्लेखित छैनन् । लैङ्गिक अध्ययन विभागमा पढाउने सामग्रीको अभाव भएको विषय विगत दुई दशकदेखि उठिरहेको छ । नेपालमा केही काम नभएको होइन तर त्यसलाई स्विकार्ने सन्दर्भमा खोई केले रोकेको छ ? डेभिड गेल्नरले यिनै कथा लेखिदिए पाठ्यक्रमको विषय बन्ने तर नेपाली महिलाले लेखे पाठ्यक्रम बनाउन हिचकिचाउनुले गम्भीर प्रश्नतर्फ इंगित गरिरहेको छ ।