पृथ्वीनारायण शाहको उदयमा अंग्रेज सरकारको भूमिका
सन् १७६३ देखि चलेको किसान, साना जमिन्दार, मुस्लिम फकिरसमेत संलग्न सन्यासी विद्रोह दबाउन ब्रिटिसलाई भरपुर सहयोग गर्ने एक ऐतिहासिक पात्र पृथ्वीनारायण शाह थिए भन्ने थाहा पाउँदा तपाईं छक्क पर्न सक्नुहुन्छ । अंग्रेजविरुद्ध लडेको, ब्रिटिस साम्राज्यसँग डटेर सामना गर्दै नेपाल ‘एकीकरण’ गरेको लगायतका कथा सुन्ने बानी परेको कानमा यो तथ्य बिझाउन पनि सक्छ । तर, तथ्यले यही भन्छ ।