१९ असोज २०७९, बुधबार - October 5, 2022 Wednesday
चिन्तन

उत्स्रवण आन्दोलन र उम्मेदवारी

हामी सपना नै गलत देखिरहेका छौं भने पक्कै पनि यो विचारको संकट हो । यो संकटको अँध्यारोमा हामीले नयाँ विचारको बत्ती बाल्नु परेको छ । त्यही बत्तीको नाम होः उत्स्रवण आन्दोलन (Oozelution Movement) । ज्वालामुखीबाट लाभा निस्के जस्तो मानव समाजलाई आजको संकटबाट बाहिर निकाल्ने आन्दोलन नै उत्स्रवण आन्दोलन हो ।

नेपालमा महिलाको राजनीति

नेपालको महिला आन्दोलनबाट पनि संसारले सिक्न सक्ने धेरै कुरा छन् । नेपाली महिला अभियन्ताका अथक संघर्ष र साहसबाट संसारका जुनसुकै देशका महिला आन्दोलनले सिक्न सक्छन् र नेपालबाट प्रेरणा र उत्साह लिन सक्छन् । बढी सुविधा भएका देशका महिला आन्दोलने नेपालबाट के पनि सिक्न सक्छन् भने अति अप्ठ्यारो परिवेशमा पनि काम अगाडि बढाउने सम्भावना हुन्छ । त्यसैगरी नेपाललाई सुधार्छु भन्दै आउने दाताका संस्था र कर्मचारीले नेपाली श्रमजीवी महिला अभियन्ताबाट धेरै सिक्न सक्छन् ।

गे र लेज्बियन आन्दोलनबारे केही सवाल

निश्‍चय पनि समलैङ्गिक आन्दोलनले सामाजिक र आर्थिक रूपमा असक्षमलाई समावेश गर्छ भन्‍ने हुँदैन । गे र लेज्बियन आन्दोलनका सहभागीहरू स्टीग्मा भोग्‍ने या भोगेका भए पनि उनीहरू प्राय सांस्कृतिक पुँजीबाट हेर्दा ‘प्रिभिलेज्ड’ हुन्छन् र उनीहरूसँग सांकेतिक संघर्षका लागि चाहिने पर्याप्त पुँजी हुने गर्छ । सांकेतिक विद्रोहमा प्रतिवद्ध प्रत्येक आन्दोलनको उद्धेश्य साङ्केतिक विनाश र निर्माणका श्रमको प्रदर्शन गर्नु हो ।

आर्टिफिसियल इन्टेलिजेन्सले भेदभाव गर्दै

जोन हापकिन्स विश्वविद्यालय, जर्जिया इन्स्टिच्युट अफ टेक्नोलोजी र वाशिङटन विश्‍वविद्यालयबाट गरिएको एउटा सोधमा न्यूरल नेटवर्क मोडेका कारण रोबोटहरूमा नश्लीय समस्या देखिएको हो । अध्ययनमा सामेल गरिएका रोबोटहरूले छालाको रंग हेरेर व्यक्तिहरूको जागिरबारे अनुमान लगाएका थिए । कुनै व्यक्तिको छाला कालो छ भने रोबोटहरूले ती व्यक्तिहरू ’ब्लू कलर’ श्रमिक भएको बताए भने उनीहरूसँग त्यसै अनुरूप व्यवहार गरेका थिए । त्यसै गरी अध्ययनमा सामेल अधिकांश रोबोटहरूले महिलाको तुलनामा पुरुषलाई बढी महत्व दिएका थिए ।

हामीलाई युक्रेन र जेलेन्स्की बनाउन खोजिदै छ

त्यो कस्तो जबज हो, जसले कम्युनिस्टबीचको एकता रोक्छ ? त्यो कस्तो जनयुद्ध हो, जसले वामबीचको एकतालाई रोक्छ ? त्यो कस्तो सिद्धान्त हो, जसले अग्रगमनलाई रोक्छ ? संकटलाई चिर्ने शक्तिलाई कमजोर बनाउने कुन वाद, सिद्धान्त हो ? त्यसैले यो बकवासबाट माथि उठ्न र सबैलाई एकताबद्ध हुन अपिल गर्छु । हामीले मोटो सिद्धान्त त बनायौँ तर त्यसलाई हासिल गर्ने कार्यक्रम बनाएका छैनौँ ।

‘नो भोट’ को व्यवस्था राख्ने कि दलहरू सुध्रने ?

परम्परागत राजनीतिक दलका विरुद्ध स्वतन्त्र उम्मेदवारले जसरी भोट प्राप्त गरेका छन्, त्यसलाई सबै राजनीतिक दलहरूले गम्भीरतासाथ लिनुपर्छ । राजनीतिक दलका क्रियाकलाप, उनीहरूका निर्णयलाई जनता वैधता दिन बाध्य छैनन् भन्ने स्पष्ट पार्न नै जनताले बालेनलाई मत दिएका हुन् । तिमीहरूले आफ्नो पार्टीमा निर्णय गर्न सक्छौ होला, तिमीहरूले आफ्नो परिवारमा निर्णय गर्न सक्छौ होला, तिम्रो गुटमा, कटेरीमा निर्णय गर्न सक्छौ होला तर त्यसको फैसला सुनाउने बेला हामी तिम्रो निर्णयलाई वैध बनाइदिन बाध्य छैनौँ भन्ने यो धेरै ठूलो सन्देश हो ।

विकल्पविहीन यो चुनाव आखिर कस्तो चुनाव ?

विकल्पहीन अवस्थामा जनता सर्कसमा देखाइने चिड, इट, तासजस्तै एउटा नेता रोज्‍न बाध्य छन् । त्यसैले यहाँ कोही जितेर धेरै उत्साहित हुनुपर्ने र कोही हारेर धेरै दुःखी हुनुपर्ने अवस्था छैन । मनमनै सोच्‍नुस् त हामीले ल्याएको संघीयता, गणतन्त्र, समावेशिताले जनताको दैनन्दिन पहलुलाई सम्बोधन गर्नु पर्दैन ? हामीले ल्याएको गणतन्त्र, समावेशीता, संघीयताको हाम्रो आफ्नो व्याख्या चाहिँदैन ?

पितृसत्ताको जरो काट्न ज्ञानको हतियार चाहिएको छ

पाठ्यक्रममा राष्ट्रवादको धङधङी चिर्ने गरी सामग्री नै छैनन् । समावेशिताको मुद्दामा राष्ट्रिय बहस भइरहँदा एकातर्फ महिलाको प्रतिनिधित्व र त्यसमा पनि सीमित समुदायको वर्चश्‍व कसरी तोड्ने भनेर आवाज उठेको छ । तर, पाठ्यक्रममा यी विषय कहीँ उल्लेखित छैनन् । लैङ्गिक अध्ययन विभागमा पढाउने सामग्रीको अभाव भएको विषय विगत दुई दशकदेखि उठिरहेको छ । नेपालमा केही काम नभएको होइन तर त्यसलाई स्विकार्ने सन्दर्भमा खोई केले रोकेको छ ? डेभिड गेल्नरले यिनै कथा लेखिदिए पाठ्यक्रमको विषय बन्‍ने तर नेपाली महिलाले लेखे पाठ्यक्रम बनाउन हिचकिचाउनुले गम्भीर प्रश्‍नतर्फ इंगित गरिरहेको छ ।

मोबाइल अर्थात् खल्तीमा बोकिएको आधुनिक जासुस

आजको युगको सबैभन्दा ठूलो व्यवसाय भनेकै डेटाको हो । यसमा सबैको चासो छ । फोनमा हामीले जुन एप्स प्रयोग गर्छौँ, त्यसका माध्यमबाट विभिन्न कम्पनीहरूले सूचना संकलन गरिरहेका हुन्छन् र त्यसको प्रयोग विज्ञापनका लागि गरिन्छ । त्यसैले बजारको दृष्टिकोणमा प्रत्येक फोन नम्बर एउटा उपभोक्ता हुन् र उपभोक्ताको रुचि केमा छ भन्ने डेटाको निकै ठूलाे माग छ ।’

भारतमा कृत्रिम बौद्धिकता : सम्भावना कति ?

अहिले भारत प्रविधिमा लगानी गर्नका लागि केही हदसम्म आर्थिक अभावका कारण पछि परेको देखिन्छ । यस्तो समस्याका बाबजुद अनुसन्धानको क्षेत्रमा ऊ चीन र अमेरिकाको स्तरमा पुगी नै सकेको छ । तर, उद्यमका क्षेत्रमा हुनुपर्ने आर्थिक लगानी उत्तरी छिमेकी मुलुक चीनको तुलनामा साह्रै न्यून छ । जसरी चीनमा समाजको तल्लो तहदेखि नै यो क्षेत्रमा क्रान्ति भइरहेको छ, भारत र विशेषगरी दक्षिण एसियामा त्यो अवस्था देखिँदैन ।

महिला आन्दोलनलाई पुनःपरिभाषित गर्नु पर्नेछ

दलहरू मुख्यतः महिलाको नेतृत्व स्विकार्न नसक्ने, त्यसमा पनि सीमान्तकृत महिलाको प्रनिनिधित्व झनै स्विकार्न नसक्ने स्थितिमा छन् । बरु उनीहरू आफ्ना आसेपासेलाई स्थान दिन रुचिकर देखिन्छन् । यी सबै दलहरूको साझा मनोविज्ञान हो ।

नयाँ क्षितिज खोज्‍न हाम्रै दृष्टि चाहिएको छ

जब-जब कुनै आन्दोलनले विभेदकारी संरचनालाई भित्रसम्म हल्लाउँछ, त्यसपछि त्यो असफल किन हुन्छ भन्‍ने प्रश्‍नमा हामी घोत्लिनु पर्नेछ । विगतदेखि वर्तमानसम्म यस्ता प्रयासहरू नभएका होइनन् तर ती पर्याप्त छैनन् भन्‍न सकिन्छ । कुनै प्रयास सफल नहुँदैमा त्यो त्याज्य प्रयोग हो भन्‍न त मिलेन, तर समीक्षा जरुरी छ ।

यलुङखोलेलाई चिन्‍नु हुन्छ ?

अहिले दोबाटो–दोबाटोमा मन्दिर बनेका छन् । गाउँपालिका र वडाले पनि मन्दिरमा मनलाग्दी लगानी गरेका छन् । यलुङखोले यी मन्दिर बनाउँदा ढुंगा, बालुवा र माटो बोक्छन् । अरु काम पनि गर्छन् । मन्दिर पूरा हुन्छ । देउता भन्दै निर्जिव पत्थरलाई भित्र राखिन्छ तर यलुङखोलेलाई बाहिर राखिन्छ । उनी त्यहि पत्थर बाहिरबाटै ढोग्छन् र हिँड्छन् । यहाँ मानिसहरू आत्मामा पनि ढुंगा राख्छन् र मन्दिरमा पनि ।

रुसमा कृत्रिम बौद्धिकताःचुनौती कति ?

यसरी विश्‍व शक्तिशाली देशहरूको नीतिको केन्द्रमा एआई पर्नुको कारण बुझ्न विश्‍वको आर्टिफिसियल इन्टेलिजेन्सका प्रमुख वक्ताहरूमध्ये एन्ड्रयु एनजीको भनाइ ख्याल गर्नुपर्ने हुन्छ । उनको भनाइ अत्यन्तै तर्कसंगत रहँदै आएको छ । उनी एआईलाई थोमस एडिसनको बिजुली आविष्कारसँग दाज्‍ने गर्छन् । बिजुलीको आविष्कारपछि संसारमा तीव्र परिवर्तन र विकास भएको थियो । यसले उद्योग क्षेत्रलाई एक सय वर्षअघि पुर्‍याएको थियो । उनका अनुसार एआईले त्यही इतिहास दोहोर्‍याउनेछ ।

भाषिक दृष्टिले साहित्यमा नारी

पितृसत्ताले बनाएको आफूअनुकूलको संस्कृति र त्यस संस्कृतिले निर्माण गरेको भाषा लैङ्‍गिक रूपले विभेदकारी देखिन्छन् । जसरी हाम्रा सांस्कृतिक मूल्य मान्यताले पुरुषलाई पहिलो दर्जाको सर्वश्रेष्ठ बनाएको छ र नारीलाई दोस्रो दर्जाको सहायक बनाएको छ, त्यसैगरी भाषिक संरचनाको निर्माण र भाषिक व्यवहारको प्रयोग गरिएको छ ।

न्यायाधीश महोदय, मुर्दा मौनता तोड्नुस् !

सामान्य मानिसले पनि बुझ्‍न सक्दछ कि अर्बौँको राजस्व छली आन्तरिक राजस्व विभाग, कम्पनी रजिस्ट्रारको कार्यालय र बिचौलियाबीचको लेनदेनको परिणाम हो । यही सत्य राजस्व विभागको अनुसन्धानबाट पनि खुलेको छ । वास्तविक दोषीलाई उन्मुक्ति दिँदै कागजी दोषीलाई जेलको छिँडीमा पठाउने हदको मत्स्यन्यायमा हाम्रो न्यायपालिकाले विश्‍वास गर्दैनन् भन्‍ने विश्‍वासलाई कायम राख्नु न्यायालयको धर्म हो ।

२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो

नेकपा (माओवादी केन्द्र) को महाधिवेशन भर्खरै सम्पन्न भएको छ । उक्त महाधिवेशनले पारित गरेको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदन गत हप्ता चर्चामा रह्यो । महाधिवेशनले दिएका सुझावहरू समाविष्ट एवं परिमार्जित प्रतिवेदन सार्वजनिक हुनै बाँकी छ, तैपनि उक्त दस्तावेज खुला छलफलमा गइसकेको छ । तसर्थ, यहाँ बहसका निम्ति उक्त प्रतिवेदन हुबहु प्रकाशन गरिएको छ ।

विश्व र गगनको वैचारिक धरातल

आफ्ना अवधारणापत्रहरू सार्वजनिक गरेर शर्मा र थापा दुवैले सकारात्मक पहल लिएका हुन् भन्‍न अप्ठ्यारो मान्‍नु पर्दैन । सभापतिका उम्मेदवारहरूले आफ्नो वैचारिक, राजनीतिक लाइन तथा एजेन्डा प्रस्तुत नै नगरी चुनाव लडिरहेको बेला आफ्ना अवधारणापत्रसहित महामन्त्रीको दाबी पेस गर्नु महत्त्वपूर्ण कुरा हो । कांग्रेसको वैचारिक स्पष्टता र सोही अनुसारको राजनीतिक व्यवहार निर्माणमा धेरै काम गर्न भने बाँकी देखिन्छ ।

गणेशमान सिंहको अदालती बयान

नेपाली कांग्रेस यतिखेर चौधौं महाधिवेशनको रस्साकस्सीमा छ । यही बेला विचारलाई थाँती राखेर नेता छान्‍ने कर्मकाण्डमा केन्द्रित भएको आलोचना कांग्रेसभित्रै र बाहिरबाट समेत भइरहेको छ । यस परिप्रेक्ष्यमा कांग्रेसका संस्थापक नेता गणेशमान सिंहको अदालती बयान एक असल अध्ययन सामग्री हुन सक्छ । एक निष्ठावान् र कर्मठ नेताको रूपमा परिचित सिंहका दृष्टिकोण र निष्ठा यस बयानमा लबालब झल्किएको छ ।

जबज दस्तावेज

नेकपा (एमाले) दशौं महाधिवेशनकाे संघारमा छ । विधान महाधिवेशन (२०७८ असाेज १५-१७) मार्फत् एमालेले आफ्नो वैचारिक लाइन जबज नै हुने तय गरिसक्यो । आसन्‍न महाधिवेशनकाे नारामा पनि उसले जबजकै बाटोमा हिँड्ने उल्लेख गरेको छ । यस सन्दर्भमा पाँचौं महाधिवेशन (२०४९ माघ १४-२० ) मा तत्कालीन महासचिव मदन भण्डारीद्वारा प्रस्तुत र पारित जबज दस्तावेजलाई अध्ययन तथा छलफलका निम्ति यहाँ हुबहु प्रकाशित गरिएको छ ।

रुसी क्रान्ति र उत्पीडित राष्ट्रियताहरूको मुक्तिको प्रश्‍न

समयको अन्तरालमा सोभियत संघ टुक्रा-टुक्रा भएर विभिन्‍न जनजाति, जातिगोष्ठीबहुल छुट्टै देशहरूमा परिणत भयो । ती देशहरूमा फेरि जातिहरूका अधिकार तथा मुक्तिको प्रश्‍न उठ्न थाल्यो । सोभियत संघ विघटनको कारण खोज्दै जाँदा वर्ग राजनीति, गणतन्त्रको व्यवहार, क्रान्तिकारी अनि सुधारवादी लाइनको द्वन्द्व, अन्तर्राष्ट्रिय कूटनीतिक चलखेलसँगै राष्ट्रियताको प्रश्‍न व्यवहारको सठीकता-बेठीकताबारे चर्चा महत्त्वपूर्ण छ । जातीय र सांस्कृतिक पहिचानको मुद्दा पेचिलो भएको आजको समयमा रुसी इतिहासको बहसबाट सिक्न सकिने धेरै कुरा छन् ।

मरे चिहान, बाँचे घर

रहर, कर या डरले नै किन नहोस्, सुकुम्बासी जीवन दैनिकीले सिकाएको पाठ भनेको, माग र मुद्दा नछोड्ने हो । भूमिहीन सुकुम्बासीले देख्‍ने उन्मुक्ति भनेको 'घर' मा हो । यस्तो घर, जसलाई भावनात्मक मात्र होइन, कानुनी हिसाबले पनि आफ्नो भन्‍न सकियोस् । आफ्नो मान्‍न सकियोस् । सूत्र संरचनाभित्रै छ । उल्झनको सुल्झन संरचनाभित्रबाट खोजिएको छ ।

अन्ततः एक्लो पुष्पलाल

कम्युनिस्ट पार्टी बाल्यकालदेखि नै पारस्परिक अविश्वास, व्यक्तिगत अहंकार, खेमाबन्दी तथा कटुतापूर्ण विवादका विभिन्‍न चरणहरूबाट गुज्रेको इतिहास छ । पार्टी गठन गर्दा दुई स्रोतबाट दीक्षित युवाहरू कम्युनिस्ट पार्टीमा सम्मिलित भएका थिए र पार्टीका प्रमुख व्यक्तिहरू भारतीय कम्युनिस्ट पार्टीभित्रको गुटबन्दीको अवस्थामा दुई भिन्‍न खेमाका नेताहरूको सम्पर्क र प्रभावमा थिए ।

नागरिक आन्दोलन : एक चर्चा, एक चुनौती

नागरिक समाज र नागरिक अभियानको एउटा रूप नेपालमा राणाकालको उत्तरार्धदेखि नै उपस्थित थियो । राजनीतिक एवं समाजिक मुद्दासहितको नागरिक समाज भने २०४६ पछि नै मुखरित भएको हो । ०६२/०६३ को दोस्रो जनआन्दोलन र त्यसमा नागरिक समाजले खेलेको प्रभावकारी भूमिकाका कारण आज नागरिक आन्दोलनले व्यापकता र चुनौती दुवै पाएको छ ।

चिन्तनबाट अरु लेखहरु
चेतलुङ
चेतलुङ