११ जेठ २०७९, बुधबार - May 25, 2022 Wednesday
इतिहास

लिम्बुवान–गोर्खा लालमोहर सन्धिको ताॽधक्

लालमोहर सन्धि एक वैधानिक दस्तावेज हो । लिम्बुवान सुनिश्‍चितताको लागि प्रमुख विषय राज्य पुनर्संरचनाको हो । अहिलेको कथित सात प्रदेशबाट आठौँ प्रदेश लिम्बुवान स्थापना गर्न राज्य पुनर्संरचनाको बहसको ‘कोर्स’ लाई नयाँ रूपमा परिभाषित गर्न सक्नुपर्दछ । यसका लागि लालमोहर सन्धि एक महत्त्वपूर्ण आधार हो ।

पृथ्वीनारायण शाहको उदयमा अंग्रेज सरकारको भूमिका

सन् १७६३ देखि चलेको किसान, साना जमिन्दार, मुस्लिम फकिरसमेत संलग्‍न सन्यासी विद्रोह दबाउन ब्रिटिसलाई भरपुर सहयोग गर्ने एक ऐतिहासिक पात्र पृथ्वीनारायण शाह थिए भन्ने थाहा पाउँदा तपाईं छक्क पर्न सक्नुहुन्छ । अंग्रेजविरुद्ध लडेको, ब्रिटिस साम्राज्यसँग डटेर सामना गर्दै नेपाल ‘एकीकरण’ गरेको लगायतका कथा सुन्ने बानी परेको कानमा यो तथ्य बिझाउन पनि सक्छ । तर, तथ्यले यही भन्छ ।

लिम्बू ‘सुभा-हाङ’ : एक ऐतिहासिक रूपरेखा

सुभाको सिको गरेर गोरखाली शासकले ‘सुब्बा’ पद निर्माण गरेपछि ‘सुभा’ को महत्त्व सिद्धियो । किनकि ‘सुभा’ को मर्यादा, शक्ति, अधिकार आदि गोरखाली ‘सुब्बा’ सँग तुलनीय थिएन । साथै ती सरकारी सुब्बाहरूको प्रभुत्वले ‘हाङ’ हरूको प्रचलन पनि ओझेलमा पर्दै गयो । ‘सुभा-हाङ’ हरूको यसरी अवसान भएको पाइन्छ । गोरखालीद्वारा निर्मित लिम्बू सुब्बाहरू पनि २०२१ सालको भूमिसुधारपछि सकिए ।

‘बाँकावीर’, जाे बाँकाे खाएर दन्त्यकथामा बाँच्यो !

बलदेव शाहीको हारगुहारका बाबजुद गोर्खाली सैनिकको अत्याचार दिन दुगुना बढ्यो, उता बलदेवको छटपटी र चिन्ता रात चौगुना बढ्दै गयो । ज्यादती कम नहुने छाँट देखेपछि बलदेव लड्न तयार भए । उनले गुरिल्ला युद्ध चलाउने रणनीति अपनाए । अछामी जनतालाई अत्याचारी सैनिकविरुद्ध लड्नका निम्ति तयार गर्न बलदेवले गुप्त रूपमा सैन्य संगठन बनाउन थाले ।

इतिहासको एकलकाँटे भाष्य

एउटा चर्चित गीतको बोल छ– ‘यो देशमा म एउटा मानिस खोजिरहेछु !’ यस गीतको पात्र सारा काम छाडेर एउटा मानिस खोज्दै हिँडेको बताउँछ । त्यो पात्रलाई जनताको प्रतिनिधि मान्ने हो भने जसको तागत, श्रम, सीप, चेतनाले नयाँ आविस्कार गर्न सक्छ, समाज र पूरै देशलाई चलायमान पार्न सक्छ, अझ भनौँ – अरबको मरुभूमिमा चमत्कारिक शहर खडा गर्ने पात्रहरूले सात काम छाडेर चमत्कारी कुनै मानिस खोजिहिँडे भने समाज वा देशको गति के होला ?

चेतलुङ
चेतलुङ