लिम्बुवान–गोर्खा लालमोहर सन्धिको ताॽधक्
लालमोहर सन्धि एक वैधानिक दस्तावेज हो । लिम्बुवान सुनिश्चितताको लागि प्रमुख विषय राज्य पुनर्संरचनाको हो । अहिलेको कथित सात प्रदेशबाट आठौँ प्रदेश लिम्बुवान स्थापना गर्न राज्य पुनर्संरचनाको बहसको ‘कोर्स’ लाई नयाँ रूपमा परिभाषित गर्न सक्नुपर्दछ । यसका लागि लालमोहर सन्धि एक महत्त्वपूर्ण आधार हो ।