१९ असोज २०७९, बुधबार - October 5, 2022 Wednesday
चिन्तन

उत्स्रवण आन्दोलन र उम्मेदवारी

हामी सपना नै गलत देखिरहेका छौं भने पक्कै पनि यो विचारको संकट हो । यो संकटको अँध्यारोमा हामीले नयाँ विचारको बत्ती बाल्नु परेको छ । त्यही बत्तीको नाम होः उत्स्रवण आन्दोलन (Oozelution Movement) । ज्वालामुखीबाट लाभा निस्के जस्तो मानव समाजलाई आजको संकटबाट बाहिर निकाल्ने आन्दोलन नै उत्स्रवण आन्दोलन हो ।

गे र लेज्बियन आन्दोलनबारे केही सवाल

निश्‍चय पनि समलैङ्गिक आन्दोलनले सामाजिक र आर्थिक रूपमा असक्षमलाई समावेश गर्छ भन्‍ने हुँदैन । गे र लेज्बियन आन्दोलनका सहभागीहरू स्टीग्मा भोग्‍ने या भोगेका भए पनि उनीहरू प्राय सांस्कृतिक पुँजीबाट हेर्दा ‘प्रिभिलेज्ड’ हुन्छन् र उनीहरूसँग सांकेतिक संघर्षका लागि चाहिने पर्याप्त पुँजी हुने गर्छ । सांकेतिक विद्रोहमा प्रतिवद्ध प्रत्येक आन्दोलनको उद्धेश्य साङ्केतिक विनाश र निर्माणका श्रमको प्रदर्शन गर्नु हो ।

व्यवहारबाट रुदानेलाई स्मरण गरौँ

२०३९ सालमा रुदानेले सार्वजनिक प्रश्‍न जनता समक्ष गर्नु भयो, ‘जात ठूलो कि जनता ? नाता ठूलो कि न्याय ? स्वार्थ ठूलो कि सत्य ?’ यो प्रश्‍न अहिलेका दल र नेतालाई पनि उत्तिकै महत्वको छ । यसै गरी ‘केटाकेटी बिग्रे आमाबाबु दोषी, जनता बिग्रे सरकार दोषी, सरकार बिग्रे व्यवस्था दोषी, व्यवस्था बिग्रे अगुवा दोषी अनि यर्थाथमुखी कर्तव्यमुखी बाहेक पछुवा–भगुवा सारा दोषी ।’ त्यो व्यवस्था बिग्रेको थियो । त्यो सरकार बिग्रेको थियो ।

हामीलाई युक्रेन र जेलेन्स्की बनाउन खोजिदै छ

त्यो कस्तो जबज हो, जसले कम्युनिस्टबीचको एकता रोक्छ ? त्यो कस्तो जनयुद्ध हो, जसले वामबीचको एकतालाई रोक्छ ? त्यो कस्तो सिद्धान्त हो, जसले अग्रगमनलाई रोक्छ ? संकटलाई चिर्ने शक्तिलाई कमजोर बनाउने कुन वाद, सिद्धान्त हो ? त्यसैले यो बकवासबाट माथि उठ्न र सबैलाई एकताबद्ध हुन अपिल गर्छु । हामीले मोटो सिद्धान्त त बनायौँ तर त्यसलाई हासिल गर्ने कार्यक्रम बनाएका छैनौँ ।

म कथा लेखक कसरी बने ?

तिब्बतको पहिलो यात्रा गरेर फर्केपछि मित्रहरूको आग्रहमा ‘तिब्बत में सवा वर्ष’ भन्ने लेखेँ । त्यसपछि त यात्राहरूकै सिलसिला १९३८सम्म चलिरह्यो र त्यसका बारेमा लेख्ने काम पनि गरिरहेँ । यात्राबारे लेख्दा-लेख्दै सन् १९३५ अथवा १९३४ मा केही वास्तविक घटनामा आधारित रहेर कथा लेख्‍ने इच्छा जाग्यो र एक-एक गरेर मैले ती कथाहरू लेख्दै पत्रिकामा पठाउँदै गरेँ । ती सबै कथाहरू ‘सतमी के बच्चे’ नाममा संग्रहित छन् ।

चेतलुङ
चेतलुङ