११ जेठ २०७९, बुधबार - May 25, 2022 Wednesday
ग्लोबल

हामीलाई प्रतिरोधको एसियाव्यापी मञ्च चाहिएको छः शाहिदुल आलम

सरकारसँग ‘मनी एन्ड मसल’ छ र त्यो नै उसको शक्ति हो तर हामीसँग रचनात्मकता छ । बौद्धिकता छ । यसअर्थ वास्तवमै हामी शक्तिशाली छौँ । उनीहरू रचनात्मकता र बौद्धिकताको सामना गर्नै सक्दैनन् । उनीहरू मुढेबलको भाषा बुझ्छन । उनीहरू मानिसलाई कसरी खरिद गर्ने भन्ने जान्दछन । हामीसँग भएका सीपको सामना गर्ने क्षमता उनीहरूमा हुँदैन । मेरो विचारमा यही सामर्थ्य उनीहरू विरुद्ध हाम्रो प्रतिरोधी संयन्त्र बन्न पुग्छ ।

साहित्यमा राजनीति

नेपालमा मुख्यतः तीन खाले साहित्य/कलाकर्मीहरू भेटिन्छन् । पहिलो, संस्थापन पक्षीय साहित्यकार, जसले स्थापित सत्ता र मुल्यको सेवा गर्छन् तथा साहित्यको नाममा ठाडो हिसाबले शासकीय राजनीति गर्छन् । दोस्रो, प्रतिपक्षीय साहित्यकार, जसले शासन सत्ताले लादेको सबै खाले वञ्‍चिती र उत्पीडनका विरुद्धमा कलम चलाएर अर्को ढंगको राजनीति गर्छन् । तेस्रो, शुद्धतावादी साहित्यकार, जो विशुद्ध कलाको जिकिर गर्छन् । उनीहरू त्यस्ता शुद्धतावादी साहित्यकार हुन्, जसले साहित्यमा राजनीति लेख्‍नु हुँदैन भनेर उठ्दै गरेको मुक्ति र विद्रोहको स्वरलाई दबाउन सबभन्दा ठूलो राजनीति गर्छन् । यसरी हरेक कित्ताका साहित्यकारले आ-आफ्नो पक्षको राजनीति गरिरहेका हुन्छन् ।

अफ्रिकाको कोभिड चुनौती

अफ्रिकी नीति निर्माताहरू र स्वास्थ्य सेवा पहुँचको योजनाकारले कोभिड–१९ नियन्त्रण रणनीतिको प्रभावमाथि विचार गर्नुपर्छ । विशेषगरी सुकुम्बासी बस्तीका समुदाय अरुका तुलनामा तल नपरून् भन्ने सुनिश्‍चित गर्नका लागि यस्तो नियन्त्रण महत्त्वपूर्ण हुन्छ । यसले स्वास्थ्य सेवाको लागत तथा स्वास्थ्य सेवा सुविधाको पहुँचमा लाग्‍ने लागत बढाउँदैन र स्वास्थ्य सेवा बिग्रिँदैन भनेर नीति निर्माताले सुनिश्‍चित गर्न आवश्यक छ ।

बाबा रामदेवको स्वास्थ्य–साम्राज्य

भारतका चर्चित बाबा रामदेव नेपाल आए र आउनासाथ विवादमा परिरहेका छन् । योग र आयुर्वेदको नाममा ठूलो कर्पोरेट खडा गरेका रामदेवले नेपालमा ठूलो व्यापार त गरिरहेकै छन्, अहिले संचारमा पनि लगानी गर्ने कसरतमा छन् । गैरकानुनी हुँदाहुँदै पनि प्रधानमन्त्री शेरबहादुर देउवा स्वयंले उनको पछिल्लो परियोजना उद्‌घाटन गरे र माओवादी अध्यक्ष प्रचण्ड उनलाई क्रान्तिकारी करार गर्न तम्सिए । सन्दर्भवस् राजेन्द्र महर्जनको यो लेख मननीय हुन पुगेको छ ।

सम्पादकीय/प्रकाशकीय

संसारभर ट्रम्प, मोदी र बोल्सोनारोजस्ता पात्रहरू जुन धरातलबाट पैदा भए, त्यसको अनुसन्धान जरुरी छ । विचारको नदीमा बहाव रोकियो भने तानाशाही जोकरले स्टेज कब्जा गर्छ र घागडान विद्वानहरुलाई नै हावाहुरीमा नचाउन थाल्छ । यस्तै दुर्घटना नेपाली समाजले पनि भोगिसकेकै छ । यस्तो बेला बाटो खोज्न दार्शनिक, वैज्ञानिकहरूले अपनाएको एउटै सूत्र थियोः सन्देह ! चेतलुङको वैचारिक प्रस्थानबिन्दु पनि त्यही हो– सन्देह !

को हुन् कविताका नायक– बिसे नगर्ची ?

समय चेतना र अवस्था बिसे नगर्चीको भन्दा निकै अगाडि बढिसकेको छ । तैपनि अग्रगामी परिवर्तनका आन्दोलनमा अझै पनि कैयौं बौद्धिक तप्काले बिसे नगर्चीलाई नायकको मानक बनाइरहेकै छन् । त्यसैले अढाई सय वर्षअगाडिका बिसे नगर्चीलाई आजको कसीमा जाँच्नै पर्ने हुन्छ ।

कोरोनाले दिएको शिक्षा र गन्तव्य

समस्याले सोच जन्माउँछ । मनोविद् त्यसै भन्छन् । अहिलेको समस्या हो, कोरोना । त्यसबारे के सोच बन्यो या बनाइयो त ? मैले देखेँ– हाम्रा नेतृत्वहरू सोच बनाउँदा रहेनछन् । समस्या मात्रै बनाउँदा रहेछन् । त्यो सोच हो र ? यो स्थितिको समाधान के हो भनी सोच्नु पो सोच होला त । मधेसको बारीमा हलीले हलो नउठाइकन घुमाएर जोत्छ । पहाडको कान्ले बारीमा हलीले हलो फर्काएर एकोहोरो जोत्छ । हिमाली फगटे बारीमा हलीले हलो उचाल्दै छेउ–कुनामा दाब्दै जोत्छ । ती महान सोचवाला हलीलाई सलाम गर्छु ।

तराई–मधेशमा आन्तरिक उपनिवेशवादको अर्थ–राजनीति

आन्तरिक उपनिवेशवादका दुई महत्वपूर्ण आयाममध्ये आर्थिक दोहन एवं सांस्कृतिक दमन हुन् । आर्थिक दोहनको रूप मधेशको जल, जङ्गल, जमिन एवं जनशक्तिको प्रयोग गोरखाली साम्राज्यसँग सम्बद्ध सम्भ्रान्तहरूको हितका लागि भयो । सांस्कृतिक दमनचाहिँ धर्म, भाषा, सांस्कृतिक एवं जीवनशैलीमा ‘एकरूपता’ कायम गर्ने नाउँमा अद्यापि सञ्‍चालन भई नै रहेछ ।

चेतलुङ
चेतलुङ