११ जेठ २०७९, बुधबार - May 25, 2022 Wednesday
एजेन्डा

कोरोनाकालीन राज्यको ऐनामा डोल्पोपाको अनुहार

जात र जातिको असमान सम्बन्धका कारण सहरमा बहुआयामिक समस्याले जन्म लिन्छ भन्‍ने निष्कर्ष सोनामले भोगेका भोगाइबाट थाहा हुन्छ । साथै, पुँजीवादी संरचनाले आदिवासी जनजाति महिलामध्ये खासगरी हिमाली समुदायका महिलालाई कसरी बहिष्‍करणमा पारेर शोषण गर्दोरहेछ भन्‍ने यसले थप उजागर गर्छ । यसबाट के बुझ्‍न सकिन्छ भने ब्राह्मणवादी राज्यसत्ताले कोरोनाकालमा हिमाली महिला र उनीहरूको स्वास्थ्यमा थप हिंसा थोपरेको छ । सरसर्ती हेर्दा कोरोनाकालमा विगतको तुलनामा सामाजिक, राजनीतिक तथा आर्थिक खाडलहरू झनै बढेको देखिन्छ ।

नेवाः एकता दिवसको पहेली

नेपालमा उत्पीडित राष्ट्रका राजनीतिकर्मीहरू प्रायः राज्य नियन्त्रक प्रभुत्वशाली वर्ग समुदायका पार्टी अधीनस्थ हुने गरेको छ । यद्यपि, संविधानसभामा दबाब सिर्जना गर्न नेवाः राष्ट्र ‘नेवाः प्रदेश’ का लागि मोर्चाबद्ध भएर उभियो ।

एउटा कविताले ल्याएको हलचल

कवितामार्फत भूपाल राई र उनले प्रतिनिधित्व गर्ने समुदायको पहिचानको दर्शन गाँसियो, इतिहाससँग । यही कविता अन्ततः इतिहास निर्मित परम्परागत भाष्यलाई ब्रेक गर्ने वा खारेज गर्ने सैद्धान्तिक कोसिस बन्न पुग्यो । नयाँ दृष्टिकोणसहितको इतिहासको नयाँ भाष्य पनि निर्माण गर्न खोज्यो, यो कविताले ।

घाँसी कसको ?

खासगरी आफ्ना हितकारी भीडलाई थप अन्धभक्त र विवेक–बन्दी बनाउने शासकीय रणनीति हो, उपाधि परम्परा । त्यसकारण जयन्ती–उत्सव मनाउनु, हाहाहुहु गर्नु, साइन बोर्ड झुन्ड्याउनु, सालिक या मूर्ति ठड्याउनुजस्ता कृत्यहरू सामन्ती–दमनकारी संस्कृतिकै भद्दा अन्धानुकरणभन्दा बढी केही होइनन् ।

'सिरिजङ्गा' कि 'किराँत सिरिजङ्गा ?' : लिपि विवादको चुरो कुरो

किराँत याक्थुङ चुम्लुङ, किराँत याक्खा छुम्मा, सुनुवार सेवा समाज, किराँत राई यायोक्खालगायत संस्था सम्बद्ध किराँत समन्वय समितिले भाषाशास्त्री डा. तारामणि राईको सयोजकत्वमा गठन गरेको ‘किराँत सिरिजङ्‍गा लिपि समायोजनसम्बन्धी विज्ञ कार्यदल- २०७८’ ले गरेको लिपिको नयाँ नामकरण र वर्णमाला परिमार्जनको प्रस्ताव विवादमा परेको छ । यो विवादको चुरो खोतल्ने प्रयास यहाँ गरिएको छ ।

चेतलुङ
चेतलुङ