गणेशमान सिंहको अदालती बयान
नेपाली कांग्रेस यतिखेर चौधौं महाधिवेशनको रस्साकस्सीमा छ । यही बेला विचारलाई थाँती राखेर नेता छान्ने कर्मकाण्डमा केन्द्रित भएको आलोचना कांग्रेसभित्रै र बाहिरबाट समेत भइरहेको छ । यस परिप्रेक्ष्यमा कांग्रेसका संस्थापक नेता गणेशमान सिंहको अदालती बयान एक असल अध्ययन सामग्री हुन सक्छ । एक निष्ठावान् र कर्मठ नेताको रूपमा परिचित सिंहका दृष्टिकोण र निष्ठा यस बयानमा लबालब झल्किएको छ ।