१९ असोज २०७९, बुधबार - October 5, 2022 Wednesday
चिन्तन

उत्स्रवण आन्दोलन र उम्मेदवारी

हामी सपना नै गलत देखिरहेका छौं भने पक्कै पनि यो विचारको संकट हो । यो संकटको अँध्यारोमा हामीले नयाँ विचारको बत्ती बाल्नु परेको छ । त्यही बत्तीको नाम होः उत्स्रवण आन्दोलन (Oozelution Movement) । ज्वालामुखीबाट लाभा निस्के जस्तो मानव समाजलाई आजको संकटबाट बाहिर निकाल्ने आन्दोलन नै उत्स्रवण आन्दोलन हो ।

नेपालमा महिलाको राजनीति

नेपालको महिला आन्दोलनबाट पनि संसारले सिक्न सक्ने धेरै कुरा छन् । नेपाली महिला अभियन्ताका अथक संघर्ष र साहसबाट संसारका जुनसुकै देशका महिला आन्दोलनले सिक्न सक्छन् र नेपालबाट प्रेरणा र उत्साह लिन सक्छन् । बढी सुविधा भएका देशका महिला आन्दोलने नेपालबाट के पनि सिक्न सक्छन् भने अति अप्ठ्यारो परिवेशमा पनि काम अगाडि बढाउने सम्भावना हुन्छ । त्यसैगरी नेपाललाई सुधार्छु भन्दै आउने दाताका संस्था र कर्मचारीले नेपाली श्रमजीवी महिला अभियन्ताबाट धेरै सिक्न सक्छन् ।

आर्टिफिसियल इन्टेलिजेन्सले भेदभाव गर्दै

जोन हापकिन्स विश्वविद्यालय, जर्जिया इन्स्टिच्युट अफ टेक्नोलोजी र वाशिङटन विश्‍वविद्यालयबाट गरिएको एउटा सोधमा न्यूरल नेटवर्क मोडेका कारण रोबोटहरूमा नश्लीय समस्या देखिएको हो । अध्ययनमा सामेल गरिएका रोबोटहरूले छालाको रंग हेरेर व्यक्तिहरूको जागिरबारे अनुमान लगाएका थिए । कुनै व्यक्तिको छाला कालो छ भने रोबोटहरूले ती व्यक्तिहरू ’ब्लू कलर’ श्रमिक भएको बताए भने उनीहरूसँग त्यसै अनुरूप व्यवहार गरेका थिए । त्यसै गरी अध्ययनमा सामेल अधिकांश रोबोटहरूले महिलाको तुलनामा पुरुषलाई बढी महत्व दिएका थिए ।

संसारका महिला एक दिन बिदा बसे भने ?

आईसल्याण्डको इतिहासमा त्यो दिन ‘द लङ फ्राइडे’ का नामले अंकित छ । देशका सबै सुपरमार्केटमा बनिबनाउ अर्थात प्याकिङ खाना सकियो । कार्यालयहरू आ-आफ्ना बाबासँग आएका केटाकेटीले भरिए । ती सबै बाबाहरू केटाकेटीसँग शान्त रहन हारगुहार गरिरहेका थिए । समग्र देश अस्तव्यस्त हुन पुग्यो ।

व्यवहारबाट रुदानेलाई स्मरण गरौँ

२०३९ सालमा रुदानेले सार्वजनिक प्रश्‍न जनता समक्ष गर्नु भयो, ‘जात ठूलो कि जनता ? नाता ठूलो कि न्याय ? स्वार्थ ठूलो कि सत्य ?’ यो प्रश्‍न अहिलेका दल र नेतालाई पनि उत्तिकै महत्वको छ । यसै गरी ‘केटाकेटी बिग्रे आमाबाबु दोषी, जनता बिग्रे सरकार दोषी, सरकार बिग्रे व्यवस्था दोषी, व्यवस्था बिग्रे अगुवा दोषी अनि यर्थाथमुखी कर्तव्यमुखी बाहेक पछुवा–भगुवा सारा दोषी ।’ त्यो व्यवस्था बिग्रेको थियो । त्यो सरकार बिग्रेको थियो ।

हामीलाई युक्रेन र जेलेन्स्की बनाउन खोजिदै छ

त्यो कस्तो जबज हो, जसले कम्युनिस्टबीचको एकता रोक्छ ? त्यो कस्तो जनयुद्ध हो, जसले वामबीचको एकतालाई रोक्छ ? त्यो कस्तो सिद्धान्त हो, जसले अग्रगमनलाई रोक्छ ? संकटलाई चिर्ने शक्तिलाई कमजोर बनाउने कुन वाद, सिद्धान्त हो ? त्यसैले यो बकवासबाट माथि उठ्न र सबैलाई एकताबद्ध हुन अपिल गर्छु । हामीले मोटो सिद्धान्त त बनायौँ तर त्यसलाई हासिल गर्ने कार्यक्रम बनाएका छैनौँ ।

म कथा लेखक कसरी बने ?

तिब्बतको पहिलो यात्रा गरेर फर्केपछि मित्रहरूको आग्रहमा ‘तिब्बत में सवा वर्ष’ भन्ने लेखेँ । त्यसपछि त यात्राहरूकै सिलसिला १९३८सम्म चलिरह्यो र त्यसका बारेमा लेख्ने काम पनि गरिरहेँ । यात्राबारे लेख्दा-लेख्दै सन् १९३५ अथवा १९३४ मा केही वास्तविक घटनामा आधारित रहेर कथा लेख्‍ने इच्छा जाग्यो र एक-एक गरेर मैले ती कथाहरू लेख्दै पत्रिकामा पठाउँदै गरेँ । ती सबै कथाहरू ‘सतमी के बच्चे’ नाममा संग्रहित छन् ।

शान्ति प्रक्रियाको कसीमा न्यायालयका कुरूप पदचाप

न्यायपालिकालाई नयाँ संविधानले पनि परिवर्तन गर्न सकेको छैन । यसबाट न्याय मिल्छ कि, राज्यको संरक्षण हुन्छ कि भन्ने अवधारणा हो । अब प्रश्‍न उठ्छ राज्य नै नरहेमा अदालत रहन्छ त ? राज्य दिगो बनाउने उद्देश्यका साथ विस्तृत शान्ति सम्झौता गरेको थियो राज्यले । युद्धबाट हार-जित् भएमा यो राज्य रहन वा नरहन पनि सक्छ । यो विचार गरेर नै राज्य र विद्रोहीले सम्झौता गरेका हुन ।

स्थानीय निर्वाचनले सम्भावनाको द्वार खोलिदिएको छ

स्थानीय सरकारलाई गाउँ-गाउँ पुर्‍याएसँगै शासन-प्रशासन जनताको घर-दैलोसम्म त पुगेको छ, तर सँगसँगै स्थानीय प्राकृतिक स्रोतमाथिको दोहन र लुट पनि त्यही स्तरमा बढ्न पुगेको छ । स्थानीय स्तरमा भईरहेको प्राकृतिक साधन-स्रोतमाथिको लुटले हामीलाई एक-एक पाइला गरी प्रकृति विनास तर्फ धकेली रहेको छ ।

लेनिनका आखिरी दिनहरु

स्टालिनले लेनिनलाई विष खुवाएर मारे भन्ने ट्राटस्कीको दृढोक्ति छ तर ट्राटस्की आफ्नो आरोपको पक्षमा विश्वसनीय प्रमाण पेश गर्न सक्दैनन् । त्यो सत्य हो कि पछि स्टालिनले धेरै साथीहरुको हत्या गरे तर ती पछिका कुरा हुन । सन् १९२३ मा लेनिनको हत्या गर्ने स्थितिमा स्टालिन थिए भन्न सकिँदैन । लेनिनको मृत्युअघि नै स्टालिन र लेनिनका बीच सबै सद्भाव र विश्वास भने समाप्त भइसकेका थिए । यो सत्य हो, लेनिन बाँचेका भए स्टालिनको राजनीतिक पतन अनिवार्य थियो ।

बेलायतमा जीवनको नयाँ अर्थ खोज्दै प्यालेस्टाइनी शरणार्थी

यो देशले मलाई शरण दिएकोमा जति खुसी छु, इजरायलको समर्थक भएकोमा त्यति नै दुःखी छु । लामो सास तानेर केहीबेर रोकिँदै उनले भने, ‘परिस्थिति कस्तो छ भने तपाईं वर्षौँसम्म एउटा घरमा बसेर पनि असुरक्षित महसुस गर्न सक्नु हुन्छ । आफ्नो बचाउ गर्नु राम्रो हो भने म सधैँ पलायन हुनका लागि तयार छु । म स्वयंमलाई दोषी ठान्दिन तर म आदर्शवादी पनि होइन ।’

चेतलुङ चुनाव–चर्चा : ८ ( लाहान)

स्थानीय निर्वाचन २०७९ को नतिजा लगभग सबै आइसकेको छ । चुनाव प्रचारको रापतापको बीचमा वैशाख २० देखि २८ गतेसम्म हामी चेतलुङ चुनाव-चर्चाको यात्रामा थियौं । त्यही क्रममा विभिन्‍न गाउँ सहरमा गरिएको चुनावी छलफलका ७ एपिसोड हामीले प्रकाशित गरिसकेका छौं । लाहानमा वैशाख २३ गते गरिएको छलफललाई यो आठौं एपिसोडमा पस्केका छौं ।चेतलुङ चुनाव-चर्चामा उपलब्ध ज्ञानले नयाँ जनप्रतिनिधिहरुलाई समेत मार्गनिर्देश गर्ने अपेक्षा गर्न सकिन्छ ।

‘नो भोट’ को व्यवस्था राख्ने कि दलहरू सुध्रने ?

परम्परागत राजनीतिक दलका विरुद्ध स्वतन्त्र उम्मेदवारले जसरी भोट प्राप्त गरेका छन्, त्यसलाई सबै राजनीतिक दलहरूले गम्भीरतासाथ लिनुपर्छ । राजनीतिक दलका क्रियाकलाप, उनीहरूका निर्णयलाई जनता वैधता दिन बाध्य छैनन् भन्ने स्पष्ट पार्न नै जनताले बालेनलाई मत दिएका हुन् । तिमीहरूले आफ्नो पार्टीमा निर्णय गर्न सक्छौ होला, तिमीहरूले आफ्नो परिवारमा निर्णय गर्न सक्छौ होला, तिम्रो गुटमा, कटेरीमा निर्णय गर्न सक्छौ होला तर त्यसको फैसला सुनाउने बेला हामी तिम्रो निर्णयलाई वैध बनाइदिन बाध्य छैनौँ भन्ने यो धेरै ठूलो सन्देश हो ।

बालेनः बेथितिको अभिव्यक्ति

पार्टीहरूले आफू खुसी खल्तीबाट सुटुक्क निकालेर उम्मेदवार दिँदैमा मतदातालाई त्यो मन्जुर छैन । अघिल्लो चुनावमै देखिएको संकेतलाई यस पटकसमेत दलहरूले नमान्दा देखिएको परिणाम हो यो । त्यसैले मतदाता झनै आक्रोशित भए । बालेनले जितेपछि मात्र अरुले हारे भन्ने अवस्था रहेन । यसबाट ठूला पार्टीहरूले सिक्नु पर्नेछ । अहिले सामान्य पहिरो आएको हो, दलहरू सिक्न तयार नहुने हो भने भविष्यमा कुनै पनि बेला गम्भीर पहिरो जान सक्छ ।

चेतलुङ चुनाव–चर्चा : ७ (सिन्धुलीमाढी )

स्थानीय निर्वाचन २०७९ को मतदान सकिएर मतगणना जारी छ । चुनाव प्रचारको रापतापको बीचमा वैशाख २० देखि २८ गतेसम्म हामी चेतलुङ चुनाव-चर्चाको यात्रामा थियौं । त्यही क्रममा विभिन्‍न गाउँ सहरमा गरिएको चुनावी छलफलको छैठौँ एपिसोड हामीले प्रकाशित गरिसकेका छौं । सिन्धुलीमाढीमा वैशाख २१ गते गरिएको छलफललाई यो सातौँ एपिसोडमा पस्केका छौं । चुनावको नतिजा जस्तो आए पनि चेतलुङ चुनाव-चर्चामा उपलब्ध ज्ञानले नयाँ जनप्रतिनिधिहरुलाई समेत मार्गनिर्देश गर्ने अपेक्षा गर्न सकिन्छ ।

विकल्पविहीन यो चुनाव आखिर कस्तो चुनाव ?

विकल्पहीन अवस्थामा जनता सर्कसमा देखाइने चिड, इट, तासजस्तै एउटा नेता रोज्‍न बाध्य छन् । त्यसैले यहाँ कोही जितेर धेरै उत्साहित हुनुपर्ने र कोही हारेर धेरै दुःखी हुनुपर्ने अवस्था छैन । मनमनै सोच्‍नुस् त हामीले ल्याएको संघीयता, गणतन्त्र, समावेशिताले जनताको दैनन्दिन पहलुलाई सम्बोधन गर्नु पर्दैन ? हामीले ल्याएको गणतन्त्र, समावेशीता, संघीयताको हाम्रो आफ्नो व्याख्या चाहिँदैन ?

हामीलाई प्रतिरोधको एसियाव्यापी मञ्च चाहिएको छः शाहिदुल आलम

सरकारसँग ‘मनी एन्ड मसल’ छ र त्यो नै उसको शक्ति हो तर हामीसँग रचनात्मकता छ । बौद्धिकता छ । यसअर्थ वास्तवमै हामी शक्तिशाली छौँ । उनीहरू रचनात्मकता र बौद्धिकताको सामना गर्नै सक्दैनन् । उनीहरू मुढेबलको भाषा बुझ्छन । उनीहरू मानिसलाई कसरी खरिद गर्ने भन्ने जान्दछन । हामीसँग भएका सीपको सामना गर्ने क्षमता उनीहरूमा हुँदैन । मेरो विचारमा यही सामर्थ्य उनीहरू विरुद्ध हाम्रो प्रतिरोधी संयन्त्र बन्न पुग्छ ।

के हो सर्वहारा वर्ग ? कहाँ छ मजदुर आन्दोलन ?

अन्तर्राष्ट्रिय श्रमिक दिवस- २०२२ को सन्दर्भमा नेकपा (माओवादी केन्द्र)का केन्द्रिय सदस्य, आदिवासी जनजाति महासंघका संस्थापक महासचिव तथा अभियन्ता सुरेश आलेमगरका विचार यहाँ प्रस्तुत गरिएको छ ।

मोबाइल अर्थात् खल्तीमा बोकिएको आधुनिक जासुस

आजको युगको सबैभन्दा ठूलो व्यवसाय भनेकै डेटाको हो । यसमा सबैको चासो छ । फोनमा हामीले जुन एप्स प्रयोग गर्छौँ, त्यसका माध्यमबाट विभिन्न कम्पनीहरूले सूचना संकलन गरिरहेका हुन्छन् र त्यसको प्रयोग विज्ञापनका लागि गरिन्छ । त्यसैले बजारको दृष्टिकोणमा प्रत्येक फोन नम्बर एउटा उपभोक्ता हुन् र उपभोक्ताको रुचि केमा छ भन्ने डेटाको निकै ठूलाे माग छ ।’

भारतमा कृत्रिम बौद्धिकता : सम्भावना कति ?

अहिले भारत प्रविधिमा लगानी गर्नका लागि केही हदसम्म आर्थिक अभावका कारण पछि परेको देखिन्छ । यस्तो समस्याका बाबजुद अनुसन्धानको क्षेत्रमा ऊ चीन र अमेरिकाको स्तरमा पुगी नै सकेको छ । तर, उद्यमका क्षेत्रमा हुनुपर्ने आर्थिक लगानी उत्तरी छिमेकी मुलुक चीनको तुलनामा साह्रै न्यून छ । जसरी चीनमा समाजको तल्लो तहदेखि नै यो क्षेत्रमा क्रान्ति भइरहेको छ, भारत र विशेषगरी दक्षिण एसियामा त्यो अवस्था देखिँदैन ।

साहित्यमा राजनीति

नेपालमा मुख्यतः तीन खाले साहित्य/कलाकर्मीहरू भेटिन्छन् । पहिलो, संस्थापन पक्षीय साहित्यकार, जसले स्थापित सत्ता र मुल्यको सेवा गर्छन् तथा साहित्यको नाममा ठाडो हिसाबले शासकीय राजनीति गर्छन् । दोस्रो, प्रतिपक्षीय साहित्यकार, जसले शासन सत्ताले लादेको सबै खाले वञ्‍चिती र उत्पीडनका विरुद्धमा कलम चलाएर अर्को ढंगको राजनीति गर्छन् । तेस्रो, शुद्धतावादी साहित्यकार, जो विशुद्ध कलाको जिकिर गर्छन् । उनीहरू त्यस्ता शुद्धतावादी साहित्यकार हुन्, जसले साहित्यमा राजनीति लेख्‍नु हुँदैन भनेर उठ्दै गरेको मुक्ति र विद्रोहको स्वरलाई दबाउन सबभन्दा ठूलो राजनीति गर्छन् । यसरी हरेक कित्ताका साहित्यकारले आ-आफ्नो पक्षको राजनीति गरिरहेका हुन्छन् ।

नयाँ क्षितिज खोज्‍न हाम्रै दृष्टि चाहिएको छ

जब-जब कुनै आन्दोलनले विभेदकारी संरचनालाई भित्रसम्म हल्लाउँछ, त्यसपछि त्यो असफल किन हुन्छ भन्‍ने प्रश्‍नमा हामी घोत्लिनु पर्नेछ । विगतदेखि वर्तमानसम्म यस्ता प्रयासहरू नभएका होइनन् तर ती पर्याप्त छैनन् भन्‍न सकिन्छ । कुनै प्रयास सफल नहुँदैमा त्यो त्याज्य प्रयोग हो भन्‍न त मिलेन, तर समीक्षा जरुरी छ ।

कोरोनाकालीन राज्यको ऐनामा डोल्पोपाको अनुहार

जात र जातिको असमान सम्बन्धका कारण सहरमा बहुआयामिक समस्याले जन्म लिन्छ भन्‍ने निष्कर्ष सोनामले भोगेका भोगाइबाट थाहा हुन्छ । साथै, पुँजीवादी संरचनाले आदिवासी जनजाति महिलामध्ये खासगरी हिमाली समुदायका महिलालाई कसरी बहिष्‍करणमा पारेर शोषण गर्दोरहेछ भन्‍ने यसले थप उजागर गर्छ । यसबाट के बुझ्‍न सकिन्छ भने ब्राह्मणवादी राज्यसत्ताले कोरोनाकालमा हिमाली महिला र उनीहरूको स्वास्थ्यमा थप हिंसा थोपरेको छ । सरसर्ती हेर्दा कोरोनाकालमा विगतको तुलनामा सामाजिक, राजनीतिक तथा आर्थिक खाडलहरू झनै बढेको देखिन्छ ।

रुसमा कृत्रिम बौद्धिकताःचुनौती कति ?

यसरी विश्‍व शक्तिशाली देशहरूको नीतिको केन्द्रमा एआई पर्नुको कारण बुझ्न विश्‍वको आर्टिफिसियल इन्टेलिजेन्सका प्रमुख वक्ताहरूमध्ये एन्ड्रयु एनजीको भनाइ ख्याल गर्नुपर्ने हुन्छ । उनको भनाइ अत्यन्तै तर्कसंगत रहँदै आएको छ । उनी एआईलाई थोमस एडिसनको बिजुली आविष्कारसँग दाज्‍ने गर्छन् । बिजुलीको आविष्कारपछि संसारमा तीव्र परिवर्तन र विकास भएको थियो । यसले उद्योग क्षेत्रलाई एक सय वर्षअघि पुर्‍याएको थियो । उनका अनुसार एआईले त्यही इतिहास दोहोर्‍याउनेछ ।

चिन्तनबाट अरु लेखहरु
चेतलुङ
चेतलुङ