विद्यानाथ कोइराला

विद्यानाथ कोइराला

प्रा.डा. विद्यानाथ कोइराला चर्चित शिक्षाविद् हुन् । त्रिभुवन विश्वविद्यालय केन्द्रीय शिक्षा विभागका विभागीय प्रमुखसमेत रहिसकेका कोइरालाले विभिन्न पत्रपत्रिकामा विचार–लेख लेख्दै आएका छन् । विभिन्न पुस्तकको सम्पादन गरिसकेका कोइरालाले  शिक्षामा वैकल्पिक चिन्तन, उपनिषदमा विज्ञानः भोलिका शिक्षकको भूमिका र शिक्षामा सोचान्तरणजस्ता पुस्तक लेखेका छन् । शिक्षासम्बन्धी विभिन्न आयोगमा रहेर काम गरेका कोइराला खुला विश्वविद्यालयका पक्षमा वकालत गर्छन् ।