‘नो भोट’ को व्यवस्था राख्ने कि दलहरू सुध्रने ?
परम्परागत राजनीतिक दलका विरुद्ध स्वतन्त्र उम्मेदवारले जसरी भोट प्राप्त गरेका छन्, त्यसलाई सबै राजनीतिक दलहरूले गम्भीरतासाथ लिनुपर्छ । राजनीतिक दलका क्रियाकलाप, उनीहरूका निर्णयलाई जनता वैधता दिन बाध्य छैनन् भन्ने स्पष्ट पार्न नै जनताले बालेनलाई मत दिएका हुन् । तिमीहरूले आफ्नो पार्टीमा निर्णय गर्न सक्छौ होला, तिमीहरूले आफ्नो परिवारमा निर्णय गर्न सक्छौ होला, तिम्रो गुटमा, कटेरीमा निर्णय गर्न सक्छौ होला तर त्यसको फैसला सुनाउने बेला हामी तिम्रो निर्णयलाई वैध बनाइदिन बाध्य छैनौँ भन्ने यो धेरै ठूलो सन्देश हो ।