१९ असोज २०७९, बुधबार - October 5, 2022 Wednesday
ग्लोबल

हामीलाई प्रतिरोधको एसियाव्यापी मञ्च चाहिएको छः शाहिदुल आलम

सरकारसँग ‘मनी एन्ड मसल’ छ र त्यो नै उसको शक्ति हो तर हामीसँग रचनात्मकता छ । बौद्धिकता छ । यसअर्थ वास्तवमै हामी शक्तिशाली छौँ । उनीहरू रचनात्मकता र बौद्धिकताको सामना गर्नै सक्दैनन् । उनीहरू मुढेबलको भाषा बुझ्छन । उनीहरू मानिसलाई कसरी खरिद गर्ने भन्ने जान्दछन । हामीसँग भएका सीपको सामना गर्ने क्षमता उनीहरूमा हुँदैन । मेरो विचारमा यही सामर्थ्य उनीहरू विरुद्ध हाम्रो प्रतिरोधी संयन्त्र बन्न पुग्छ ।

युक्रेनमा देखिएको पश्‍चिमा मिडियाको नस्लवाद

अन्यत्र मरेका मानिसलाई अंक ठान्‍ने तर अमेरिका–युरोपमा मरेका गोरालाई येशुका सन्तान ठान्ने पश्चिमा मिडियाको यो रोग सत्ता, शक्ति र नस्लवादी सोचको पराकाष्ठा हो । यसमा उनीहरूको दोहोरो चरित्रको सबैभन्दा विद्रुप अनुहार देखिन्छ । तर, ‘लोकतन्त्र’, ‘मानवअधिकार’ र ‘वाक स्वतन्त्रता’ जस्ता शब्दले उनीहरूको यो विद्रुप नरसंहारकारी अनुहारलाई यसरी छोपिदिन्छन् कि हामी उनीहरूले सिर्जना गरेको शब्दमा उनीहरूलाई ‘सभ्य’, ‘सुसंस्कृत’ र ‘ज्ञानी’ भन्ठान्छौँ । यही कामलाई मिडियाले बडो कुशलताका साथ निर्वाह गर्छ ।

‘पत्रकारहरूले उचित प्रशिक्षण पाउन सकेका छैनन्’

नेपाली पत्रकारिताको एक जिउँदो इतिहास हुन्– खिलध्वज थापा । चार दशक लामो पत्रकारिता गरेका थापाले विभिन्‍न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरकारी–गैरसरकारी तथा आदिवासी जनजाति प्राज्ञिक संघ–संस्थामा संलग्‍नता रहेर महत्त्वपूर्ण भूमिका निभाइसकेका छन् । त्यसबापत उनी विभिन्‍न पदक, पुरस्कार तथा कदरपत्रबाट भरपुर सम्मानित भएका पनि छन् । पत्रकारिताबाहेक कथा–कविता पनि लेख्‍न रुचाउने उनले साहित्यिक पत्रिकासमेत चलाए । उनले आफ्नो दीर्घ अनुभवलाई समेटेर केही साताअघि मात्रै पहिलो संस्करण–कृति एक पत्रकारको बकपत्र सार्वजनिक गरेका छन् । यसै सन्दर्भमा, प्रस्तुत छ उनै वरिष्ठ पत्रकार थापासँग छम गुरुङ र गुरुङ सुशान्तले गरेको चेतलुङ–वार्ताः

भारतका प्रधानन्यायाधीशलाई पत्रकार पी. साईनाथको खुला–पत्र

न्यायाधीश महाशय ! मिडिया क्षेत्र निकै प्रतिकूल स्थितिमा पुगेको छ । तर, मिडियालाई जोगाउने संस्थाहरू नै असफल भइरहेका छन् । मिडियामा व्यापक सुधार हुनुपर्छ भन्ने विषयमा कुनै दुई मतै छैन । न्यायपालिकाले मिडियामा सुधार ल्याउन सहयोग गर्छ । तर, न्यायपालिकाले पनि आफूमा सुधार ल्याउन आवश्यक छ । मलाई विश्‍वास छ कि हाम्रा संस्थाहरू र हामी सबैलाई सिद्दिकी कप्पनले जेलमा बिताएका प्रत्येक अतिरिक्त दिनले कठोर रूपमा मूल्यांकन गर्नेछन् ।

विश्‍वव्याधिमा नेपाली मिडिया

कोभिड–१९ विश्वव्याधिसँग जुध्‍न नेपालका प्रमुख सञ्चार संस्थाहरूले अख्तियार गरेका रणनीति तथा उपायहरूले उनीहरू जवाफदेहिता, पारदर्शिता, पत्रकारहरूको पेसागत तथा समाजिक सुरक्षा र कानुनी शासनप्रति संवेदनशील छैनन् भन्‍ने पुष्टि गर्छ । अरुलाई नियम पालना गर्न प्रेरित गर्ने आमसञ्‍चार माध्यमहरू आफैँ नियममा नबस्‍नु शोभनीय हुन सक्दैन ।

चेतलुङ
चेतलुङ