रेलको बाटोः एक दारुण दृश्य
गीतको मूल मर्मले कथा भनिरहेको छ । जुन कथा बिकट हुम्लाको र दार्चुलाको छ । हुम्ला जहाँ हालसम्म राजधानी र प्रदेशसम्म जोड्न उचित मोटर बाटो पुगेको छैन । चरम गरिबीले सर्वसाधारणका लागि जहाज चढ्न पहुँचमा छैन । ग्रामीण स्वास्थ्य समस्या र मोटर बाटोको अभावले गर्दा आफ्नी जहान सुत्केरीले खेप्नु परेको पीडा देखाइएको छ ।