१९ असोज २०७९, बुधबार - October 5, 2022 Wednesday
सौन्दर्यवोध

सरिता साहस

सयौँ वर्षदेखि संस्कारको रूप धारण गरिसकेको रुढिलाई सरिताले आफ्नो बुताले सकेसम्म चुनौति दिने गर्थिन् । तर, विभेदलाई काँधमा बोकेर हिँडेको पितृसत्तात्मक समाजले घरी-घरी उनलाई होच्याउँथ्यो । उनी सम्झन्छिन्, ‘दाजुभाइले कुट्दा उनीहरूले कुटे भनेर गुनासो गर्दा पनि अभिभावकले भन्थे-अनि के भो त ? छोरा मान्छेले कुटिहाल्छ नि !’

महिला आन्दोलनलाई पुनःपरिभाषित गर्नु पर्नेछ

दलहरू मुख्यतः महिलाको नेतृत्व स्विकार्न नसक्ने, त्यसमा पनि सीमान्तकृत महिलाको प्रनिनिधित्व झनै स्विकार्न नसक्ने स्थितिमा छन् । बरु उनीहरू आफ्ना आसेपासेलाई स्थान दिन रुचिकर देखिन्छन् । यी सबै दलहरूको साझा मनोविज्ञान हो ।

सीमा उल्झनमा मधेस

मधेससँग प्रशस्त उर्वर खेतीयोग्य जमिन छ । सिँचाइ, मलखाद र बीउबिजनको राम्रो प्रबन्ध मिलाउने हो भने खेतीबाटै मधेस समृद्ध हुने प्रशस्त सम्भावना छ, जुन सीमा व्यवस्थापनबाट मात्र सम्भव छ ।

कैलाली–कञ्‍चनपुर एक थरुहट विवेचना

लामो समयसम्म उपनिवेश भोग्दै आएका थारुको दमित मनोभावनाले उनीहरूलाई कमजोर बनाउँदै थियो । झन् कमैया/कमलरी बनाएर गरेको आर्थिक शोषणले उनीहरूको ढाड सेक्यो । तर, दमनले प्रतिरोध निम्त्याउँछ भन्ने नियम थारुको सन्दर्भमा पनि लागू भयो । आजको थरुहट चेतनाको विद्रोही बीउ थरुहट जगत्‌मा पनि ७० वर्ष पहिले नै रोपिइसकेको थियो ।

तराई–मधेशमा आन्तरिक उपनिवेशवादको अर्थ–राजनीति

आन्तरिक उपनिवेशवादका दुई महत्वपूर्ण आयाममध्ये आर्थिक दोहन एवं सांस्कृतिक दमन हुन् । आर्थिक दोहनको रूप मधेशको जल, जङ्गल, जमिन एवं जनशक्तिको प्रयोग गोरखाली साम्राज्यसँग सम्बद्ध सम्भ्रान्तहरूको हितका लागि भयो । सांस्कृतिक दमनचाहिँ धर्म, भाषा, सांस्कृतिक एवं जीवनशैलीमा ‘एकरूपता’ कायम गर्ने नाउँमा अद्यापि सञ्‍चालन भई नै रहेछ ।

चेतलुङ
चेतलुङ