११ जेठ २०७९, बुधबार - May 25, 2022 Wednesday
चिन्तन

मोबाइल अर्थात् खल्तीमा बोकिएको आधुनिक जासुस

आजको युगको सबैभन्दा ठूलो व्यवसाय भनेकै डेटाको हो । यसमा सबैको चासो छ । फोनमा हामीले जुन एप्स प्रयोग गर्छौँ, त्यसका माध्यमबाट विभिन्न कम्पनीहरूले सूचना संकलन गरिरहेका हुन्छन् र त्यसको प्रयोग विज्ञापनका लागि गरिन्छ । त्यसैले बजारको दृष्टिकोणमा प्रत्येक फोन नम्बर एउटा उपभोक्ता हुन् र उपभोक्ताको रुचि केमा छ भन्ने डेटाको निकै ठूलाे माग छ ।’

भारतमा कृत्रिम बौद्धिकता : सम्भावना कति ?

अहिले भारत प्रविधिमा लगानी गर्नका लागि केही हदसम्म आर्थिक अभावका कारण पछि परेको देखिन्छ । यस्तो समस्याका बाबजुद अनुसन्धानको क्षेत्रमा ऊ चीन र अमेरिकाको स्तरमा पुगी नै सकेको छ । तर, उद्यमका क्षेत्रमा हुनुपर्ने आर्थिक लगानी उत्तरी छिमेकी मुलुक चीनको तुलनामा साह्रै न्यून छ । जसरी चीनमा समाजको तल्लो तहदेखि नै यो क्षेत्रमा क्रान्ति भइरहेको छ, भारत र विशेषगरी दक्षिण एसियामा त्यो अवस्था देखिँदैन ।

चीनको कृत्रिम बौद्धिकताः विश्‍वमा कति शक्तिशाली ?

अहिले शक्तिशाली मुलुकबीच चलिरहेको मानवरहित लडाइँको तयारी चिनियाँ सेनाले आफ्नै नेतृत्वमा अघि बढाईसकेको छ । अहिले चिनियाँ सेनाले एआईमा आधारित किलर रोबोट विकासका लागि युद्ध स्तरमा काम थालिसकेको छ । चिनियाँ सेनाले यो कामलाई मिसनको स्वरूप दिँदै सैन्य प्रविधिमा भविष्यवादी दृष्टिकोणलाई बुझाउन इन्टेलिजेन्टाइज्ड (बुद्धिमानिकृत) शब्द प्रयोगमा ल्याएको छ ।

रुसमा कृत्रिम बौद्धिकताःचुनौती कति ?

यसरी विश्‍व शक्तिशाली देशहरूको नीतिको केन्द्रमा एआई पर्नुको कारण बुझ्न विश्‍वको आर्टिफिसियल इन्टेलिजेन्सका प्रमुख वक्ताहरूमध्ये एन्ड्रयु एनजीको भनाइ ख्याल गर्नुपर्ने हुन्छ । उनको भनाइ अत्यन्तै तर्कसंगत रहँदै आएको छ । उनी एआईलाई थोमस एडिसनको बिजुली आविष्कारसँग दाज्‍ने गर्छन् । बिजुलीको आविष्कारपछि संसारमा तीव्र परिवर्तन र विकास भएको थियो । यसले उद्योग क्षेत्रलाई एक सय वर्षअघि पुर्‍याएको थियो । उनका अनुसार एआईले त्यही इतिहास दोहोर्‍याउनेछ ।

'गुरुत्वाकर्षण' कसले पत्ता लगायो ?

कुनै एउटा परम्परा त्यसका पछिल्ला पिँढीले टुङ्ग्याइदिन्छन्, कुनै परम्परा निरन्तर हुन्छ। खास समयमा तिनीहरूबीच अन्तरक्रिया भयो होला, ज्ञानहरू आदान–प्रदान भयो होला। त्यो बहसको विषय हुन सक्ला । तर, टुङ्गिएको परम्पराका उत्तराधिकारीले अविच्छिन्‍न परम्परालाई आफ्ना पूर्वजको ज्ञानको विस्तार भनेर कृत्रिम गौरव गर्नु बाजेले घ्यू खाएको सम्झिएर नाति / नातिनीको पुस्ताले हात सुँघे जस्तै हो ।

चेतलुङ
चेतलुङ