म कथा लेखक कसरी बने ?
तिब्बतको पहिलो यात्रा गरेर फर्केपछि मित्रहरूको आग्रहमा ‘तिब्बत में सवा वर्ष’ भन्ने लेखेँ । त्यसपछि त यात्राहरूकै सिलसिला १९३८सम्म चलिरह्यो र त्यसका बारेमा लेख्ने काम पनि गरिरहेँ । यात्राबारे लेख्दा-लेख्दै सन् १९३५ अथवा १९३४ मा केही वास्तविक घटनामा आधारित रहेर कथा लेख्ने इच्छा जाग्यो र एक-एक गरेर मैले ती कथाहरू लेख्दै पत्रिकामा पठाउँदै गरेँ । ती सबै कथाहरू ‘सतमी के बच्चे’ नाममा संग्रहित छन् ।