११ जेठ २०७९, बुधबार - May 25, 2022 Wednesday
सौन्दर्यवोध

‘सुन्दरी प्रतियोगिता’ भित्र लुकेको कुरूप अनुहार

सुन्दरी प्रतियोगिताको भित्री तहमा सम्पूर्ण साम्राज्यवादी–पूँजीवादी आर्थिक प्रणाली क्रियाशील रहेको हुन्छ । पूँजीपतिहरूले उत्पादन गरेका सामग्री बढी भन्दा बढी बिक्री गर्नका लागि बजार र बजार विस्तारको आवश्यकता हुन्छ, बजार विस्तारका लागि विज्ञापन गर्नुपर्ने हुन्छ र विज्ञापनका लागि मोडेलको आवश्यकता पर्छ । सुन्दरी प्रतियोगिताको वास्तविक उद्देश्य यही मोडेल उत्पादन गर्नु मात्र हो ।

ओशोका विचारहरूमाथि आलोचनात्मक दृष्टि

ओशोको विचार महान् कल्पनामा आधारित छ, वस्तुपरक चिन्तनमा होइन । भौतिक परिस्थितिमा परिवर्तन नगरी मानसिक स्थिति बदल्न सकिन्न भन्ने भौतिकवादी चिन्तनका विरुद्ध लक्षित छ ध्यान–आन्दोलन । ध्यान भौतिक स्थिति नबदली मानसिक स्थिति बदल्न सकिन्छ भन्ने चिन्तनमा आधारित छ । यो व्यक्तिमुखी मात्र होइन, समाजविरोधी पनि हो ।

चेतलुङ
चेतलुङ