विमल निभा

विमल निभा

कवितामार्फत राजनीति गर्ने एक प्रगतिशील कवि विमल निभा, जो सधैं ताजा र सटिक शैलीमा क्रूर सत्ताविरुद्ध आफ्नो जनपक्षीय कविता प्रक्षेपण गरिरहेका हुन्छन् । उनी कम्युनिस्ट आन्दोलन र विचारधारासँग जोडिएर पनि कहिल्यै औपचारिक ‘पार्टी–खोर’ भित्र कैद भएनन् । बरु समानान्तर रूपमै कवितासँगै पत्रपत्रिकामा व्यङ्ग्य–निबन्ध र स्तम्भ–लेखन गर्दै निरन्तर लागिरहे । उनको व्यङ्ग्य–निबन्ध संग्रहमा ‘छेउको बधशाला’, ‘चौथो कालम’ र ‘डाइनोसर जिउँदो छ’ प्रकाशित छन् भने ‘आगोनेर उभिएको मानिस’, ‘एउटा बाहुला नभएको बुसर्ट’ र ‘जोकरको बन्दुक’ कविता–संग्रह प्रकाशित छन् । उनको कविता-संग्रह डेगेन्द्र राजवंशीको आत्महत्या नेकपा एमाले दसौँ महाधिवेशनको छेकोमा बेला बुक्सबाट प्रकाशित भएको छ ।