चेतलुङ चुनाव-चर्चाः ४ (इटहरी)

राजनीति स्वयम् विभिन्न शंका र अविश्‍वासको भुमरीमा फँसेको स्थितिमा स्थानीय निर्वाचन २०७९ सम्पन्‍न हुन गैरहेको छ । जनतासँग थुप्रा प्रश्‍न र मनग्गै आक्रोश छ । वैचारिक बहस कमजोर भैरहेको छ । यस्तो परिस्थितिमा एउटा यात्रा र यात्राकै बीचमा छलफल चलाउँदै जाँदा यो भिडियो सिरिज तयार भएको छ । यो चौथो एपिसोड इटहरीमा वैशाख २७ गते रेकर्ड गरिएको हो ।