चेतलुङ चुनाव–चर्चा : रामकुमारी झाँक्री

राजनीतिक दलका क्रियाकलाप, उनीहरूका निर्णयलाई जनता वैधता दिन बाध्य छैनन् भन्‍ने स्पष्ट पार्न नै जनताले बालेनलाई मत दिएका हुन् । तिमीहरूले आफ्नो पार्टीमा निर्णय गर्न सक्छौ होला, तिमीहरूले आफ्नो परिवारमा निर्णय गर्न सक्छौ होला, तिम्रो गुटमा, कटेरीमा निर्णय गर्न सक्छौ होला तर त्यसको फैसला सुनाउने बेला हामी तिम्रो निर्णयलाई वैध बनाइदिन बाध्य छैनौँ भन्‍ने यो धेरै ठूलो सन्देश हो ।