शमीक चक्रवर्ती

शमीक चक्रवर्ती

शमीक चक्रवर्ती सन् नब्बेको दशकमा कलकत्ताको विद्यार्थी राजनीतिमा संलग्न थिए । त्यसपछि मजदुर संघर्ष, सामाजिक न्याय तथा उत्पीडित राष्ट्रियताको संघर्षसित जोडिने सिलसिलामा दार्जिलिङ–डुवर्स चियाबगान संग्राम समिति र लाली गुराँस समूहसँग कार्यरत छन् । अखबारी लेखन, वृत्तचित्र निर्माण, नेपाली–बंगाली अनुवादमा समेत संलग्न चक्रवर्ती मार्क्सवादी विचारको बंगाली पत्रिका ‘चिन्तन’ सँग पनि सम्बन्धित छन् । उनले इन्द्रबहादुर राईकाे उपन्यास 'आज रमिता छ', युग पाठककाे उपन्यास 'उर्गेनको घोडा' र छुदेन काबिमोको उपन्यास 'फातसुङ' बङ्‍गाली भाषामा अनुवाद गरेका छन् । सम्पर्कः [email protected]