पारिजात

पारिजात

विसं १९९४ मा दार्जिलिङमा जन्मिए पनि मृत्युपर्यन्त कर्मथलो नेपाल बनाउने साहित्यकार हुन्, पारिजात । प्रगतिवादी साहित्यमा अत्यन्त श्रद्धाका साथ पढिने पारिजातका ३ कवितासंग्रह, ४ कथासंग्रह, ३ आत्मसंस्मरण, १ लेखसंग्रह र १० उपन्यास प्रकाशित छन् । शिरीषको फूल (२०२२), तोरीबारी बाटा र सपनाहरू (२०३२), पर्खालभित्र र बाहिर (२०३४), अनिंदो पहाडसँगै (२०३९), पारिजातका कविता (२०४४), बैशालु वर्तमान (२०५०), सडक र प्रतिभा (२०३२), साल्गीको बलात्कृत आँसु (२०४३), धूपी, सल्ला र लाली गुराँसका फेदमा (२०४३) र आधी आकाश र अन्य फुटकर लेखहरू (२०४८) आज पनि पाठकहरूले उत्तिकै मन पराएर पढ्ने कृतिहरू हुन् । नारी मुक्ति र मार्क्सवादी सांस्कृतिक आन्दोलनमा पारिजातको नाम श्रद्धापूर्वक लिइन्छ ।