निनु चापागाईं

निनु चापागाईं

निनु चापागाईं नेपाली प्रगतिवादी समालोचना, माक्र्सवादी सौन्दर्यचिन्तन र संस्कृतिको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउने‍ वरिष्ठ लेखक तथा चिन्तक हुन् । लेखन, अनुवाद र सम्पादन गरी उनका दुई दर्जनभन्दा बढी पुस्तक प्रकाशित छन् । यथार्थवादी रचनादृष्टि र विवेचना (२०५१), माक्र्सवादी चिन्तनमा सौन्दर्य (२०५४), सन्दर्भः संस्कृति र सांस्कृतिक रूपान्तरण (२०५९), उत्तरआधुनिकतावादः भ्रम र वास्तविकता (२०६१), दलित सौन्दर्यशास्त्र र साहित्य (२०६८), पूर्ववाद र सइदेली विचार (२०७३) जस्ता कृतिहरू अधिक रुचाइएका छन् ।