१८ चैत २०७९, शनिबार - April 1, 2023 Saturday
लुम्बिनी, मोरारी बापु र गौतम बुद्ध

स्लग

लुम्बिनी, मोरारी बापु र गौतम बुद्ध

सह शीर्षक

धार्मिक तिर्थस्थलमा पर्यटन विकासबारे चिन्तन गर्नु गलत होइन । तर लुम्बिनीमा ‘मोरारी बापु’ वा जनकपुरमा ‘दलाई लामा’लाई गुहारिन्छ भने त्यो चाहिँ गलत हो । हाम्रा लागि ‘भगवान बुद्ध’ र ‘भगवान राम’ बराबर हुन् । बुद्ध र रामका नाममा नेपाली समाजलाई विभाजित गर्ने सोच किमार्थ स्वीकार्य हुँदैन ।

Chetlung - Nepal's Magazine of Thought सदस्यता

चेतलुङ परिवारको सदस्य बन्नुहोस् , चिन्तन र मन्थनको अभियानमा प्रत्यक्ष सहभागी हुनुहोस् ।

हामी सपना नै गलत देखिरहेका छौं भने पक्कै पनि यो विचारको संकट हो । यो संकटको अँध्यारोमा हामीले नयाँ विचारको बत्ती बाल्नु परेको छ । त्यही बत्तीको नाम होः उत्स्रवण आन्दोलन (Oozelution Movement) । ज्वालामुखीबाट लाभा निस्के जस्तो मानव समाजलाई आजको संकटबाट बाहिर निकाल्ने आन्दोलन नै उत्स्रवण आन्दोलन हो ।

नेपालको महिला आन्दोलनबाट पनि संसारले सिक्न सक्ने धेरै कुरा छन् । नेपाली महिला अभियन्ताका अथक संघर्ष र साहसबाट संसारका जुनसुकै देशका महिला आन्दोलनले सिक्न सक्छन् र नेपालबाट प्रेरणा र उत्साह लिन सक्छन् । बढी सुविधा भएका देशका महिला आन्दोलने नेपालबाट के पनि सिक्न सक्छन् भने अति अप्ठ्यारो परिवेशमा पनि काम अगाडि बढाउने सम्भावना हुन्छ । त्यसैगरी नेपाललाई सुधार्छु भन्दै आउने दाताका संस्था र कर्मचारीले नेपाली श्रमजीवी महिला अभियन्ताबाट धेरै सिक्न सक्छन् ।

निश्‍चय पनि समलैङ्गिक आन्दोलनले सामाजिक र आर्थिक रूपमा असक्षमलाई समावेश गर्छ भन्‍ने हुँदैन । गे र लेज्बियन आन्दोलनका सहभागीहरू स्टीग्मा भोग्‍ने या भोगेका भए पनि उनीहरू प्राय सांस्कृतिक पुँजीबाट हेर्दा ‘प्रिभिलेज्ड’ हुन्छन् र उनीहरूसँग सांकेतिक संघर्षका लागि चाहिने पर्याप्त पुँजी हुने गर्छ । सांकेतिक विद्रोहमा प्रतिवद्ध प्रत्येक आन्दोलनको उद्धेश्य साङ्केतिक विनाश र निर्माणका श्रमको प्रदर्शन गर्नु हो ।

जोन हापकिन्स विश्वविद्यालय, जर्जिया इन्स्टिच्युट अफ टेक्नोलोजी र वाशिङटन विश्‍वविद्यालयबाट गरिएको एउटा सोधमा न्यूरल नेटवर्क मोडेका कारण रोबोटहरूमा नश्लीय समस्या देखिएको हो । अध्ययनमा सामेल गरिएका रोबोटहरूले छालाको रंग हेरेर व्यक्तिहरूको जागिरबारे अनुमान लगाएका थिए । कुनै व्यक्तिको छाला कालो छ भने रोबोटहरूले ती व्यक्तिहरू ’ब्लू कलर’ श्रमिक भएको बताए भने उनीहरूसँग त्यसै अनुरूप व्यवहार गरेका थिए । त्यसै गरी अध्ययनमा सामेल अधिकांश रोबोटहरूले महिलाको तुलनामा पुरुषलाई बढी महत्व दिएका थिए ।

गीतको मूल मर्मले कथा भनिरहेको छ । जुन कथा बिकट हुम्लाको र दार्चुलाको छ । हुम्ला जहाँ हालसम्म राजधानी र प्रदेशसम्म जोड्न उचित मोटर बाटो पुगेको छैन । चरम गरिबीले सर्वसाधारणका लागि जहाज चढ्न पहुँचमा छैन । ग्रामीण स्वास्थ्य समस्या र मोटर बाटोको अभावले गर्दा आफ्नी जहान सुत्केरीले खेप्‍नु परेको पीडा देखाइएको छ ।

न्यायपालिकालाई नयाँ संविधानले पनि परिवर्तन गर्न सकेको छैन । यसबाट न्याय मिल्छ कि, राज्यको संरक्षण हुन्छ कि भन्ने अवधारणा हो । अब प्रश्‍न उठ्छ राज्य नै नरहेमा अदालत रहन्छ त ? राज्य दिगो बनाउने उद्देश्यका साथ विस्तृत शान्ति सम्झौता गरेको थियो राज्यले । युद्धबाट हार-जित् भएमा यो राज्य रहन वा नरहन पनि सक्छ । यो विचार गरेर नै राज्य र विद्रोहीले सम्झौता गरेका हुन ।

स्थानीय सरकारलाई गाउँ-गाउँ पुर्‍याएसँगै शासन-प्रशासन जनताको घर-दैलोसम्म त पुगेको छ, तर सँगसँगै स्थानीय प्राकृतिक स्रोतमाथिको दोहन र लुट पनि त्यही स्तरमा बढ्न पुगेको छ । स्थानीय स्तरमा भईरहेको प्राकृतिक साधन-स्रोतमाथिको लुटले हामीलाई एक-एक पाइला गरी प्रकृति विनास तर्फ धकेली रहेको छ ।

नेपाली समाजमा रहेका वर्गीय, जातीय, लैङ्गिक र सबै किसिमका विभेदको अन्त्य गर्दै आमूल परिवर्तन गर्ने उद्देश्य बोकेको माओवादी जनयुद्धको उद्गम थलोमा नै यस्तो बर्बरतापूर्ण नरसंहार हुनु र सोही पार्टीको नेतृत्व सत्तामा पुगेपछि अत्याचारी जातव्यवस्थाकै रक्षार्थ उभिनु खेदजनक छ।

धार्मिक तिर्थस्थलमा पर्यटन विकासबारे चिन्तन गर्नु गलत होइन । तर लुम्बिनीमा ‘मोरारी बापु’ वा जनकपुरमा ‘दलाई लामा’लाई गुहारिन्छ भने त्यो चाहिँ गलत हो । हाम्रा लागि ‘भगवान बुद्ध’ र ‘भगवान राम’ बराबर हुन् । बुद्ध र रामका नाममा नेपाली समाजलाई विभाजित गर्ने सोच किमार्थ स्वीकार्य हुँदैन ।

हिन्दी लेखिका गीताञ्जली श्रीको उपन्यासले हालै अन्तर्राष्ट्रिय बुकर पुरस्कार हात पारेको छ । हिन्दी भाषामा लेखिएको यो पहिलो पुस्तक हो, जसले बुकर पुरस्कारको सम्मान पायो । उनको उपन्यास ‘रेत समाधि’ को अंग्रेजी अनुवाद चिरपरिचित अनुवादक डेजी रकवेलले ‘टुम अफ स्यान्ड’ नाममा अनुवाद गरेकी छन् । उनै गीताञ्जलीसँग पुरस्कार, साहित्य र समाजका बारेमा गरिएको विशेष कुराकानी ।

१० साउन २०५३को समकालीन ४/१५ अंकमा प्रकाशित शर्माको लेख वर्तमान समयमा पनि सान्दर्भिक देखिएकाले प्रकाशित गरिएको हो ।

नेपालका मात्रै होइन, विश्‍वव्यापी रूपमा उठेका मुद्दाहरूलाई सम्बोधन गर्नुपर्ने गहन जिम्मेवारी राजनीतिक दलको काँधमा आइसकेको छ । तर, उनीहरू वैयक्तिक या स्वार्थ समूहको तात्कालिक लाभमै सीमित देखिन्छन् । सैद्धान्तिक पक्ष देखाउने ‘दाँत’ मात्रै भएको छ ।

आईसल्याण्डको इतिहासमा त्यो दिन ‘द लङ फ्राइडे’ का नामले अंकित छ । देशका सबै सुपरमार्केटमा बनिबनाउ अर्थात प्याकिङ खाना सकियो । कार्यालयहरू आ-आफ्ना बाबासँग आएका केटाकेटीले भरिए । ती सबै बाबाहरू केटाकेटीसँग शान्त रहन हारगुहार गरिरहेका थिए । समग्र देश अस्तव्यस्त हुन पुग्यो ।

स्टालिनले लेनिनलाई विष खुवाएर मारे भन्ने ट्राटस्कीको दृढोक्ति छ तर ट्राटस्की आफ्नो आरोपको पक्षमा विश्वसनीय प्रमाण पेश गर्न सक्दैनन् । त्यो सत्य हो कि पछि स्टालिनले धेरै साथीहरुको हत्या गरे तर ती पछिका कुरा हुन । सन् १९२३ मा लेनिनको हत्या गर्ने स्थितिमा स्टालिन थिए भन्न सकिँदैन । लेनिनको मृत्युअघि नै स्टालिन र लेनिनका बीच सबै सद्भाव र विश्वास भने समाप्त भइसकेका थिए । यो सत्य हो, लेनिन बाँचेका भए स्टालिनको राजनीतिक पतन अनिवार्य थियो ।

लालमोहर सन्धि एक वैधानिक दस्तावेज हो । लिम्बुवान सुनिश्‍चितताको लागि प्रमुख विषय राज्य पुनर्संरचनाको हो । अहिलेको कथित सात प्रदेशबाट आठौँ प्रदेश लिम्बुवान स्थापना गर्न राज्य पुनर्संरचनाको बहसको ‘कोर्स’ लाई नयाँ रूपमा परिभाषित गर्न सक्नुपर्दछ । यसका लागि लालमोहर सन्धि एक महत्त्वपूर्ण आधार हो ।

सन् १७६३ देखि चलेको किसान, साना जमिन्दार, मुस्लिम फकिरसमेत संलग्‍न सन्यासी विद्रोह दबाउन ब्रिटिसलाई भरपुर सहयोग गर्ने एक ऐतिहासिक पात्र पृथ्वीनारायण शाह थिए भन्ने थाहा पाउँदा तपाईं छक्क पर्न सक्नुहुन्छ । अंग्रेजविरुद्ध लडेको, ब्रिटिस साम्राज्यसँग डटेर सामना गर्दै नेपाल ‘एकीकरण’ गरेको लगायतका कथा सुन्ने बानी परेको कानमा यो तथ्य बिझाउन पनि सक्छ । तर, तथ्यले यही भन्छ ।

चेतलुङ
चेतलुङ