२२ मंसिर २०७९, बिहीबार - December 8, 2022 Thursday
ग्लोबल

नरेन्द्र मोदीको उदय

भारतीय जनसंघ र बीजेपीको पाँच दशकको इतिहासमा यसअघि जम्मा तीन जना मात्रै संगठन सचिव भएका छन् । विचारधारात्मक रूपले तीनै जना विशुद्ध निष्ठावान संघी थिए । मोदीभन्दा पहिले जो–जो यस पदमा आसीन रहे, उनीहरू मिडियासँग निश्‍चित दूरी कायम गर्थे र पर्दा पछाडिबाट काम गर्थे । तर, मोदी प्रसिद्धि चाहन्थे । मिडियाको चम्किलो उज्यालो चाहन्थे ।

भारत नरसंहारतर्फ अघि बढिरहेको छः ग्रेगरी एच स्टेन्टन

आरएसएस स्थापनाकालदेखि नै घृणा फैलाउने संस्था हो र मोदी आरएसएसका सदस्य हुन् । महात्मा गान्धीका हत्यारा पनि आरएसएसकै सदस्य थिए । अहिले पनि आरएसएसका नेताहरू गान्धीका हत्यारा नाथुराम गोड्सेको स्तुति गाउँछन् । यो बडो असाधारण र उदेकलाग्दो सुनिन्छ । गोड्सेको स्तुति त लिंकनका हत्यारा जन विक्स बुथको स्तुतिगान गाएजस्तो पो सुनिन्छ ।

२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो

नेकपा (माओवादी केन्द्र) को महाधिवेशन भर्खरै सम्पन्न भएको छ । उक्त महाधिवेशनले पारित गरेको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदन गत हप्ता चर्चामा रह्यो । महाधिवेशनले दिएका सुझावहरू समाविष्ट एवं परिमार्जित प्रतिवेदन सार्वजनिक हुनै बाँकी छ, तैपनि उक्त दस्तावेज खुला छलफलमा गइसकेको छ । तसर्थ, यहाँ बहसका निम्ति उक्त प्रतिवेदन हुबहु प्रकाशन गरिएको छ ।

हेभीवेट दल, शुष्क विचार

नेपालका मात्रै होइन, विश्‍वव्यापी रूपमा उठेका मुद्दाहरूलाई सम्बोधन गर्नुपर्ने गहन जिम्मेवारी राजनीतिक दलको काँधमा आइसकेको छ । तर, उनीहरू वैयक्तिक या स्वार्थ समूहको तात्कालिक लाभमै सीमित देखिन्छन् । सैद्धान्तिक पक्ष देखाउने ‘दाँत’ मात्रै भएको छ ।

विश्व र गगनको वैचारिक धरातल

आफ्ना अवधारणापत्रहरू सार्वजनिक गरेर शर्मा र थापा दुवैले सकारात्मक पहल लिएका हुन् भन्‍न अप्ठ्यारो मान्‍नु पर्दैन । सभापतिका उम्मेदवारहरूले आफ्नो वैचारिक, राजनीतिक लाइन तथा एजेन्डा प्रस्तुत नै नगरी चुनाव लडिरहेको बेला आफ्ना अवधारणापत्रसहित महामन्त्रीको दाबी पेस गर्नु महत्त्वपूर्ण कुरा हो । कांग्रेसको वैचारिक स्पष्टता र सोही अनुसारको राजनीतिक व्यवहार निर्माणमा धेरै काम गर्न भने बाँकी देखिन्छ ।

गणेशमान सिंहको अदालती बयान

नेपाली कांग्रेस यतिखेर चौधौं महाधिवेशनको रस्साकस्सीमा छ । यही बेला विचारलाई थाँती राखेर नेता छान्‍ने कर्मकाण्डमा केन्द्रित भएको आलोचना कांग्रेसभित्रै र बाहिरबाट समेत भइरहेको छ । यस परिप्रेक्ष्यमा कांग्रेसका संस्थापक नेता गणेशमान सिंहको अदालती बयान एक असल अध्ययन सामग्री हुन सक्छ । एक निष्ठावान् र कर्मठ नेताको रूपमा परिचित सिंहका दृष्टिकोण र निष्ठा यस बयानमा लबालब झल्किएको छ ।

'सिङ्गो पार्टीको विश्लेषणअनुसार जबजको औचित्य सकिएको छैन'

पञ्‍चायती कालमा हुर्किएर एक्टिभिस्ट भएका नेताहरू नै मूल नेतृत्वमा रहेको बेला काम गर्दा नेतृत्वको सोचमा पनि पितृसत्तात्मक मूल्य–मान्यताले घर गरेको देखिन्छ । यसमा दुई मतै छैन । अध्यक्ष मण्डलमा दुई जना र माइन्युटमा एक जना महिला देखिनु भनेको ०३५/०३६ सालको स्थिति नै हो । त्यसबाट उकालो लाग्‍न सकेको छैन ।

जबज दस्तावेज

नेकपा (एमाले) दशौं महाधिवेशनकाे संघारमा छ । विधान महाधिवेशन (२०७८ असाेज १५-१७) मार्फत् एमालेले आफ्नो वैचारिक लाइन जबज नै हुने तय गरिसक्यो । आसन्‍न महाधिवेशनकाे नारामा पनि उसले जबजकै बाटोमा हिँड्ने उल्लेख गरेको छ । यस सन्दर्भमा पाँचौं महाधिवेशन (२०४९ माघ १४-२० ) मा तत्कालीन महासचिव मदन भण्डारीद्वारा प्रस्तुत र पारित जबज दस्तावेजलाई अध्ययन तथा छलफलका निम्ति यहाँ हुबहु प्रकाशित गरिएको छ ।

बाबा रामदेवको स्वास्थ्य–साम्राज्य

भारतका चर्चित बाबा रामदेव नेपाल आए र आउनासाथ विवादमा परिरहेका छन् । योग र आयुर्वेदको नाममा ठूलो कर्पोरेट खडा गरेका रामदेवले नेपालमा ठूलो व्यापार त गरिरहेकै छन्, अहिले संचारमा पनि लगानी गर्ने कसरतमा छन् । गैरकानुनी हुँदाहुँदै पनि प्रधानमन्त्री शेरबहादुर देउवा स्वयंले उनको पछिल्लो परियोजना उद्‌घाटन गरे र माओवादी अध्यक्ष प्रचण्ड उनलाई क्रान्तिकारी करार गर्न तम्सिए । सन्दर्भवस् राजेन्द्र महर्जनको यो लेख मननीय हुन पुगेको छ ।

रुसी क्रान्ति र उत्पीडित राष्ट्रियताहरूको मुक्तिको प्रश्‍न

समयको अन्तरालमा सोभियत संघ टुक्रा-टुक्रा भएर विभिन्‍न जनजाति, जातिगोष्ठीबहुल छुट्टै देशहरूमा परिणत भयो । ती देशहरूमा फेरि जातिहरूका अधिकार तथा मुक्तिको प्रश्‍न उठ्न थाल्यो । सोभियत संघ विघटनको कारण खोज्दै जाँदा वर्ग राजनीति, गणतन्त्रको व्यवहार, क्रान्तिकारी अनि सुधारवादी लाइनको द्वन्द्व, अन्तर्राष्ट्रिय कूटनीतिक चलखेलसँगै राष्ट्रियताको प्रश्‍न व्यवहारको सठीकता-बेठीकताबारे चर्चा महत्त्वपूर्ण छ । जातीय र सांस्कृतिक पहिचानको मुद्दा पेचिलो भएको आजको समयमा रुसी इतिहासको बहसबाट सिक्न सकिने धेरै कुरा छन् ।

अन्ततः एक्लो पुष्पलाल

कम्युनिस्ट पार्टी बाल्यकालदेखि नै पारस्परिक अविश्वास, व्यक्तिगत अहंकार, खेमाबन्दी तथा कटुतापूर्ण विवादका विभिन्‍न चरणहरूबाट गुज्रेको इतिहास छ । पार्टी गठन गर्दा दुई स्रोतबाट दीक्षित युवाहरू कम्युनिस्ट पार्टीमा सम्मिलित भएका थिए र पार्टीका प्रमुख व्यक्तिहरू भारतीय कम्युनिस्ट पार्टीभित्रको गुटबन्दीको अवस्थामा दुई भिन्‍न खेमाका नेताहरूको सम्पर्क र प्रभावमा थिए ।

तराई–मधेशमा आन्तरिक उपनिवेशवादको अर्थ–राजनीति

आन्तरिक उपनिवेशवादका दुई महत्वपूर्ण आयाममध्ये आर्थिक दोहन एवं सांस्कृतिक दमन हुन् । आर्थिक दोहनको रूप मधेशको जल, जङ्गल, जमिन एवं जनशक्तिको प्रयोग गोरखाली साम्राज्यसँग सम्बद्ध सम्भ्रान्तहरूको हितका लागि भयो । सांस्कृतिक दमनचाहिँ धर्म, भाषा, सांस्कृतिक एवं जीवनशैलीमा ‘एकरूपता’ कायम गर्ने नाउँमा अद्यापि सञ्‍चालन भई नै रहेछ ।

बीपीको त्यो बयान

नेपालको राजनीतिक इतिहासमा गम्भीर महत्त्व राख्ने नेता बीपी कोइरालाका विचारको गहिरो अध्ययन आवश्यक छ । उनका पुस्तकाकार कृतिहरू साहित्यमा जति महत्त्व राख्छन्, उनका लेख, अन्तर्वार्ता, डायरीका साथै विभिन्‍न कालखण्डमा जेल पर्दा दिएका अदालती बयानले उत्तिकै राजनीतिक महत्त्व राख्छन् । यहाँ प्रस्तुत अदालतका बयानहरूमा व्यक्त कोइरालाका विचारलाई ताजा बहसका निम्ति प्रस्तुत गरेका छौँ ।

चेतलुङ
चेतलुङ